• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

दक्षिण एशियामै नेपाल आँखाको उपचारमा राम्रो

August 21st, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
दक्षिण एशियामै नेपाल आँखाको उपचारमा राम्रो

हेल्थ टुडे,
काठमाडौँ, ५ भदौः आँखाको स्वास्थ्य नीति छिटो ल्याइनुपर्नेमा जोड दिइएको छ । दक्षिण एशियाली राष्ट्र मध्येमा नै नेपालमा आँखाको उपचार राम्रो हुने भएकाले आँखा स्वास्थ्य नीति ल्याई स्वास्थ्य पर्यटन–प्रवद्र्धन गर्न सकिनेमा जोड दिइएको हो ।
स्वास्थ्य मन्त्रालयले आँखा सम्बन्धी स्वास्थ्य नीति मस्यौदा गरिरहेको जनाइएको छ । ग्रामीण स्वास्थ्य शिक्षा तथा सेवा केन्द्रलाई आँखा उपचारका सामग्री हस्तान्तरण गर्न आज गोकर्णेश्वर नगरपालिकाको दक्षिण ढोकामा आयोजना गरिएको कार्यक्रमका वक्ताले यस विषयमा जोड दिनुभएको हो ।
कार्यक्रममा सांसद कृष्ण राईले धुलो प्रदूषण लगायत समस्याका कारण मोतिया बिन्दुका रोगी बढ्ने गरेको बताउनुभयो । प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले नेपालको आँखा उपचार पद्धतिले स्वास्थ्य पर्यटन प्रवद्र्धन गर्न सकिने सम्भावना बोकेकाले त्यसै अनुसारको नीति बन्नुपर्ने विचार राख्नुभयो ।
पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाले आँखा उपचारका लागिा राष्ट्रिय एवं अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्थाको समेत सहयोग रहेको बताउनुभयो । नेपालका लागि जापानी राजदूत मासामिची साइगोले आँखा स्वास्थ्यका लागि जापान सरकारका तर्फबाट रु ९६ लाख बराबरको उपकरण सहयोग गरिएको र भावी दिनमा पनि यस्तो सहयोग जारी रहने जानकारी दिनुभयो ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिका–७ का अध्यक्ष केशव गुरुङ, केन्द्रमा ३२ वर्षसम्म नर्सका रुपमा सेवा गर्नुभएकी जापानी नागरिक मासाको यामानी, नेपाल–जापान मानव विकास संघका रियो सिके, केन्द्रका अध्यक्ष बालप्रसाद शाही तथा सदस्य पासाङदोर्जे शेर्पाले आँखा उपचार र मोतियाबिन्दु शल्यक्रियाको अवस्थाका बारेमा बोल्नुभएको थियो ।
विसं २०४३ देखि स्वास्थ्य सेवा शुरु गरिएको केन्द्रले गत वैशाखदेखि आँखाको उपचार सहित मोतियाबिन्दुको शल्यक्रिया सेवा दिँदै आएको छ । केन्द्रमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)को सम्बन्धन प्राप्त अकुपञ्चर उपचार पद्धतिको प्रमाणपत्र तहका अध्यापन पनि हुने गर्दछ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article एचआइभी संक्रमितलाई उपचार खर्च
Next article प्रदेशमा जनशक्ति, र औषधिको अभाव हुन नदिने–स्वास्थ्यमन्त्री यादव

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132713
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web