• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

जनस्वास्थ्य विधेयक–२०७५ स्वीकृत–‘आधारभूत स्वास्थ्य सेवाको हक’

August 22nd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जनस्वास्थ्य विधेयक–२०७५ स्वीकृत–‘आधारभूत स्वास्थ्य सेवाको हक’

हेल्थ टुडे,
काठमाडौँ, ६ भदौः प्रतिनिधि सभाको मंगलबारको बैठकमा ‘जनस्वास्थ्य विधेयक–२०७५’ प्रस्तुत भएको छ ।
संविधानमा ‘प्रत्येक जनतालाई आधारभूत स्वास्थ्य सेवाको हक’ हुनेछ भन्ने व्यवस्था गरिएको छ । उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सो विधेयकलाई बैठकमा पेश गर्नुभएको हो ।
विधेयकको सैद्धान्तिक छलफल माथि भाग लिँदै पूर्वस्वास्थ्यमन्त्री एवं सांसद खगराज अधिकारीले विशिष्ट व्यक्ति देश बाहिर उपचार गर्न जाँदा आफ्नै खर्चले जाने व्यवस्था गर्नुपर्छ भन्नुभयो ।

पूर्वस्वास्थ्यमन्त्री एवं सांसद गगनकुमार थापाले स्वास्थ्य सेवामा पहुँच मात्र होइन, गुणस्तरमा ध्यान दिन, जनस्वास्थ्य मैत्री वातावरण बनाउन, उपचारको प्रोटोकल सबै रोगमा पु¥याउन र विशेष सेवामा साझेदारी कार्यक्रम ल्याउने गरी विधेयक आउनुपर्ने बताउनुभयो ।
सांसद शेरबहादुर तामाङले अधिकाँश जिल्ला अस्पतलामा विशेषज्ञ चिकित्सक पु¥याउन नसकिएको अवस्थामा ऐनले ढोका खुला गराएको छ भन्नुभयो ।
सांसद लक्ष्मी परियारले नम्र स्वभावको स्वास्थ्य सेवा कार्यान्वयनमा ल्याउन जरुरी रहेको बताउनुभयो ।
सांसद प्रेम सुवालले वीर अस्पतालस्थित उच्च पदाधिकारी उपचार कक्ष किन स्थापना गरिएको भन्ने प्रश्न गर्दै निःशुल्क वितरण गरिने औषधि गुणस्तरयुक्त हुनुपर्ने सुझाव दिनुभयो ।
सांसद अञ्जना विसंखे, आशाकुमारी विक, पुष्पा भुषाल गौतम, गजेन्द्रबहादुर महत, शान्तिमाया तामाङ, प्रमोद यादव र रेखाकुमारी झाले विधेयकको सैद्धान्तिक छलफलमाथि भाग लिनुभएको थियो ।

सांसद कृष्णभक्त पोखरेलले राष्ट्रिय जनस्वास्थ्य नीति बनाउन, स्वास्थ्य बीमा र आकस्मिक स्वास्थ्य कोषलाई विधेयकमा प्रभावकारी बनाइएको वताउनुभयो ।
सांसद पद्म गिरीले स्वस्थ्य नागरिकबाट मात्र समृद्ध नेपालको निर्माण हुने बताउँदै पैसा नभएका कारण उपचार गर्नबाट वञ्चित हुन नपरोस् भन्ने ध्येय विधेयकले राखेको धारणा व्यक्त गर्नुभयो ।
सांसद नवराज सिलवालले आधारभूत स्वास्थ्यलाई निःशुल्क गर्न विधेयक महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै उपप्रधानमन्त्री यादवले जनताको जीवन र आयुलाई लामो बनाउन सरकार र समुदायको महत्वपूर्ण भूमिका हुने जानकारी दिनुभयो ।
उहाँले रोग लाग्ने कारकत्व पानी, खाना, वातावरणलाई सुधार एवं व्यवस्थित गर्न सरकारको ध्यान जाने चर्चा गर्दै स्वास्थ्य बीमाको माध्यमबाट सरकारले स्वास्थ्य सेवा प्रभावकारी बनाउने पनि बताउनुभयो ।
उपप्रधानमन्त्री यादवले निःशुल्क आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन विधेयक आएको जानकारी दिनुभयो ।
बैठकले जनस्वास्थ्य विधेयक–२०७५ लाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रधानमन्त्रीद्धारा आयुर्वेदिक चिकित्सालय भवन शिलान्यास
Next article स्वास्थ्य संस्थामा सुधार गरिनेः राज्यमन्त्री यादव

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134420
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web