• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

संसदबाटै सुत्केरीले एक वर्षसम्म बेतलबी बिदा पाउने व्यवस्था

September 14th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
संसदबाटै सुत्केरीले एक वर्षसम्म बेतलबी बिदा पाउने व्यवस्था
सुत्केरी महिला

हेल्थ टुडे,
काठमाडौं, २९ भदौः सुत्केरी महिलाले एक वर्षसम्म बेतलबी बिदा पाउने भएका छन् । संसदको स्वास्थ्य शिक्षा समितिले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफावार छलफलपछि प्रसूति बिदा अपुग भए चिकित्सकको सिफारिसमा बढीमा एक वर्षसम्म बेतलबी बिदा पाउने व्यवस्था गरेको हो ।
समितिले सरकारले ल्याएको विधेयक परिमार्जन सहित सर्वसम्मतिबाट अनुमोदन गरी बिहीबारको संसद् बैठकमा प्रतिवेदन पेस गरेको छ ।
सुत्केरी हुनुअघि वा पछि कम्तीमा अन्ठानब्बे दिनसम्मको तलब सहितको प्रसूति बिदा पाउने अधिकार समेत विधेयकमा छ ।
विधेयकमा गर्भवती महिलाले बिदा अपुग भए स्वास्थ्यकर्मीको परामर्शमा थप एक महिना तलब सहितको बिदा पाउने भनिएकामा समितिले एक वर्ष बेतलबी बिदाको व्यवस्था थप गरेको हो । यो सुविधा सरकारी, गैरसरकारी वा निजी संघसंस्थामा कार्यरत महिलाले पाउनेछन् ।
त्यस्तै विधेयकमा २८ साताभन्दा बढीको गर्भपतन गराउन नपाउने प्रावधान समितिले थप गरेको छ । सरकारले भने १८ साता र जुनसुकै अवधिको गर्भ पनि गर्भपतन गराउन सकिने व्यवस्था प्रस्ताव गरेको थियो ।
त्यसैगरी स्वास्थ्य संस्थाले आमा वा बुबाको मात्रै नाम राखेर शिशु जन्मेको प्रमाणपत्र दिनुपर्ने हुुन्छ ।
सरकारले पेस गरेको विधेयकमा बाबुको पहिचान हुन नसकेको वा बाबुको नाम उल्लेख गर्न नचाहेको हकमा व्यहोरा खुलाउनुपर्ने प्रावधान थियो । समितिले यो प्रावधान हटाएर आमाको नाममा मात्रै पनि प्रमाणपत्र दिन सकिने व्यवस्था गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वाइन फ्लु र हङकङ फ्लुको प्रकोप–‘डोर टु डोर’ स्वास्थ्यकर्मी परिचालन गरी उपचार गरिदै
Next article स्वास्थ्य क्षेत्र बन्द नगर्न सर्वोच्चको आदेश

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134424
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web