• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वाइन फ्लु र हङकङ फ्लुको प्रकोप–‘डोर टु डोर’ स्वास्थ्यकर्मी परिचालन गरी उपचार गरिदै

September 14th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वाइन फ्लु र हङकङ फ्लुको प्रकोप–‘डोर टु डोर’ स्वास्थ्यकर्मी परिचालन गरी उपचार गरिदै

हेल्थ टुडे,
राजविराज, २९ भदौः स्वाइन फ्लू र हङकङ फ्लुको प्रकोप फैलिएपछि सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका क्षेत्रलाई शुक्रबारदेखि विपत् क्षेत्र घोषणा गरिएको छ ।
नगर कार्यपालिकाको बिहीबार बसेको आकस्मिक बैठकले प्रकोप नियन्त्रण नहुन्जेलसम्मका लागि नगरपालिका क्षेत्रलाई विपत् क्षेत्र घोषणा गर्ने निर्णय गरेको नगर प्रमुख बसन्त मिश्रले बताउनुभएको छ ।
पछिल्लो तीन हप्तादेखी कञ्चनरुप नगरपालिका क्षेत्रमा फैलिएको स्वाइन फ्लू र हङकङ फ्लूका कारण तीन बालक सहित चारजनाको मृत्यु भएको छ भने १७ सयभन्दा बढी बिरामी छन् ।
भारतको झारखण्ड स्थित देवघर जिल्लामा रहेको प्रसिद्ध बाबाधामबाट तिर्थयात्रा गरेर फर्केकाहरुबाट फ्लू सरेर आएको विज्ञहरुको भनाई छ ।

ज्वरो आउने, खोकी लागेर सुरुमा तीन बालबालिकाको मृत्यु भएको र पछि एक वृद्ध महिलाको समेत सोही लक्षणले मृत्यु भएपछि स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा महामारी रोग नियन्त्रण शाखाको टोलीले बिरामी मध्ये १० जनाको ्याल परिक्षणका लागि केन्द्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाएको थियो ।
परिक्षणका क्रममा केही नमुनामा स्वाइन फ्लूको जिवााणु फेला परेपछि कञ्चनरुप नगरपालिका क्षेत्रका उच्च सर्तकता अपनाउँदै विपत् क्षेत्र घोषणा गरिएको हो ।
बिहीबार बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले फ्लू प्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सक र औषधि सहितको स्वास्थ्यकर्मीको टोली परिचालन गर्ने निर्णय गरेको समिति संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभएको छ ।
नगर कार्यपालिकाले आगामी मंगलबारसम्मका लागि नगरपालिका क्षेत्रमा रहेका सबै विद्यालय बन्द गर्न समेत निर्देशन दिएको छ । विद्यालयमा एकै स्थानमा बढी विद्यार्थीहरु जम्मा हुने भएको र त्यहाँ फ्लू सर्न सक्ने सम्भावना रहेकाले मंगलबारसम्मका लागि विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको बताइएको छ । अहिले हरेक वडामा ‘डोर टु डोर’ स्वास्थ्यकर्मी परिचालन गरी उपचार भइरहेको नगर प्रमुख बसन्त मिश्रले बताउनुभयो ।
भारतबाट फ्लू सरेर आएको हुनाले सीमा नाकाबाट नेपाल प्रवेश गर्ने शंकास्पद बिरामीहरुका बारेमा उच्च सर्तकता अपनाउने, कुनौली सीमामा हेल्थ डेस्क स्थापना गर्ने, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वय गरी विशेषज्ञ, औषधी र मास्कको व्यवस्थापन गर्ने निर्णय समेत विपत् व्यवस्थापन समितिले गरेको छ ।
ग्रामिण क्षेत्रमा रहेको निजी स्वास्थ्य क्लिनकहरु र औषधि पसलहरुमा फ्लूको लक्षण देखिएका बिरामी आए तत्काल सुविधा समपन्न स्वास्थ्य संस्थामा रेफर गर्न समेत जिल्ला विपत् व्यवस्थापन समितिले आग्रह गरेको छ ।
यस्तै सप्तकोसी नदीको बाढीबाट पीडित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा फैलिएको इन्फलुएन्जा नियन्त्रणमा रहेको उक्त नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सिअहेब रामदेव यादवले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाको १२ नम्बर वडाका १ सय ३७ जना बिरामी छन् । त्यहाँका ६ जनाको ्याल परिक्षणका लागि केन्द्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको पाँचजनामा इन्फलुएन्जाको जिवाणु फेला परेको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ‘जनस्वास्थ्य र प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५’ पारित
Next article संसदबाटै सुत्केरीले एक वर्षसम्म बेतलबी बिदा पाउने व्यवस्था

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134420
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web