• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बि. एण्ड बि.मा मुटु सम्बन्धी दुई दिने स्वास्थ्य सिविर

September 29th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बि. एण्ड बि.मा मुटु सम्बन्धी दुई दिने स्वास्थ्य सिविर

हेल्थ टुडे,

काठमाडौं :  ललितपुरको ग्वार्कोमा रहेको बि. एण्ड बि.  अस्पतालमा मुटु सम्बन्धी स्वास्थ्य सिविर आयोजना गरेको छ । अस्पतालको मुटु रोग विभागमा बिहीबार र शुक्रबार गरि दुई दिन आयोजना गरिएको मुटु स्वास्थ्य सिविरमा मुटु सम्बन्धी रोगको परिक्षण, परामर्श र नि : शुल्क औषधी वितरण गरिएको थियो । शिविरमा आउनेहरुलाई बहिरङ्ग सेवा निःशुल्क गरिएको थियो । बिहान ९ बजेदेखि अपरान्ह १२ बजेसम्म संचालन भएको निःशुल्क मुटु परिक्षणमा आउने बिरामीहरुलाई क्रियाटिनाइन, सोडियम, पोटासियम, छातीको एक्स–रे, ईसिजी, इको, टोटल कोलेस्ट्रोल, ट्राइग्लिसेराइड परिक्षणका २५ प्रतिशत छुट र बि. एण्ड बि. अस्पतालको फार्मेसीमा १० प्रतिशत छुट दिइएको अस्पतालले जनाएको छ । सिविरबाट दुई सयभन्दा बढी व्यक्ति लाभान्वित भएको अस्पतालका मुटु विभाग प्रमुख डा. दीपक मिश्रले जानकारी दिए ।

सिविरमा २० वर्षदेखि ८५ बर्ष उमेर समूहका विरामीले सेवा लिएका थिए । मुटु रोगको बढ्दो संक्रमण कम गर्न मुटु रोग विभागले स्तरीय उपचारका साथै जनचेतनामूलक कार्यक्रम र बेला बेलामा स्वास्थ्य सिविर सञ्चालन गर्ने डा. मिश्रले बताए ।  डा. मिश्रको नेतृत्वमा डा. फिलिपश्याम रञ्जित, डा. दीपेन्द्र कार्की, डा. समता शाक्य, डा. प्रदीप महतो र डा. श्रृजना मण्डलले सिविरमा सेवा दिएका थिए ।

हाडजोर्नीको उपचारमा ख्याती कमाएको बि.एण्ड बि. अस्पतालले पछिल्ला दिनमा मुटु, क्यान्सर, ग्यास्ट्रो, स्त्री रोग सम्बन्धी गुणस्तरीय विशेषज्ञ सेवा प्रदान गर्न थालेपछि मल्टिस्पेसियालिटी अस्पतालको रुपमा विकाश हुन थालेको छ ।

अस्पतालले क्याथल्याव सहित सुविधा सम्पन्न मुटु रोग सेवा सञ्चालन गरेको छ । डा. मिश्रले भने, ‘ अब बि.एण्ड बि. मुटु रोगको उपचारका लागि पनि सुविधा सम्पन्न अस्पताल भएको छ । ’

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ‘मुटु रोगबाट बच्न व्यायाम जरुरी’
Next article दिउँसै बन्द हुन्छन् जुम्लाका स्वास्थ्य चौकी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134433
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

41
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web