• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

‘मुटु रोगबाट बच्न व्यायाम जरुरी’

September 29th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
‘मुटु रोगबाट बच्न व्यायाम जरुरी’

काठमाडौँ, १३ असोजः विश्व मुटु दिवसका अवसरमा नर्भिक इन्टरनेशनल अस्पतालले आज आयोजना गरेको कार्यक्रमका वक्ताले मुटु रोगबाट बच्नका लागि खानपानमा सुधार तथा नियमित व्यायाम गर्नुपर्नेमा जोड दिएका छन् ।
उनीहरुले मुटुको रोग, रक्तचाप, मधुमेह रोग हुँदैमा खानपानमा ध्यान दिन सुझाव दिए । कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादवले नेपालमा ८० प्रतिशत नागरिक गाउँमा बसोबास गर्ने तथा ८० प्रतिशत चिकित्सक काठमाडौँमा बस्ने गरेका बताउनुभयो । उहाँले १० हजार व्यक्ति बराबर दुई चिकित्सक रहेको बताउनुभयो ।
राज्यमन्त्री यादवले जनताको स्वास्थ्यमा सुधार ल्याउन स्वास्थ्य क्षेत्रमा व्यापक परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउँदै सरकार तथा निजी क्षेत्रद्वारा सञ्चालित स्वास्थ्य संस्था तथा अस्पतालसँग समन्वय गरी अघि बढ्नुको विकल्प नभएको प्रष्ट पार्नुभयो ।
मुटुरोगबाट ग्रस्त भई नर्भिक अस्पतालमा स्वास्थ्य लाभ गर्नुभएका शिक्षाविद् प्रा रत्नमान डंगोलले मुटु रोगी समयमा नै अस्पताल पुग्नसकेमा जीवन बचाउन सकिने उदाहरण आफू नै भएको बताउनुभयो ।
एकहत्तर वर्षको उमेरमा आफूलाई हृदयघात भएको र ९७ प्रतिशत ब्लक भइसकेको अवस्थामा नर्भिक अस्पतालमा पुगेर उपचार गर्दा नयाँ जीवन पाएको उहाँले अनुभव सुनाउनुभयो ।
सो अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंह, अध्यक्ष वसन्तकुमार चौधरी, चिकित्सक डा यादवदेव भट्ट तथा नियमित रोग जाँच गरिरहेका रोगी शङ्कर कृष्ण मल्ललगायतका वक्ताले मुटु रोगको रोकथाम तथा सरकार र स्वयं व्यक्तिको दायित्वबारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा राज्यमन्त्री यादवले उक्त अस्पतालमा उपचार गरी स्वास्थ्य लाभ गरिरहेका १० ज्येष्ठ नागरिकलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिकित्सा शिक्षा विधेयक संसदीय प्रक्रियामा
Next article बि. एण्ड बि.मा मुटु सम्बन्धी दुई दिने स्वास्थ्य सिविर

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134420
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web