• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 30th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चिकित्सा शिक्षा विधेयक संसदीय प्रक्रियामा

September 29th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिकित्सा शिक्षा विधेयक संसदीय प्रक्रियामा

हेल्थ टुडे,
काठमाडौँ, १३ असोजः सरकारले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सक प्राध्यापक डा गोविन्द केसीसँग गरेको सहमतिका आधारमा चिकित्सा शिक्षा विधेयक संसद्मा प्रस्ततु गरिएको र छलफलका क्रममा रहेको जनाएको छ ।
चिकित्सा शिक्षाका क्षेत्रमा विद्यमान विकृति, विसङ्गति तथा कमीकमजोरीलाई अन्त्य गर्न सरकार क्रियाशील रहेको र गम्भीरताका साथ काम गरिरहेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्री गिरिराजमणि पोखरेललाई लक्षित गरी सार्वजनिक गरिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सदन भित्र विधेयक दर्ता भइसकेको सन्दर्भमा डा केसीसँग भएको सहमति कार्यान्वय गर्ने प्रमुख थलो जननिर्वा्चित संस्था नै रहेको तथ्य नभुल्न समेत मन्त्रालयले आग्रह गरेको छ । विधेयक संशोधनको प्रक्रिया जारी रहेको र थप छलफल शिक्षा तथा स्वास्थ्य समितिमा भइरहेको छ ।
सङ्घीय संसद्को बैठक अन्त्य हुने दिनमा पनि शिक्षामन्त्री पोखरेलले चिकित्सा शिक्षा विधेयक छिटो प्रक्रियाबाट पारित गर्न भरमग्दुर प्रयत्न गर्नुभएको उल्लेख गर्दै मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले विधायिकी अधिकारी माथि कार्यपालिकाले हस्तक्षेप गर्न नसक्ने संवैधानिक सीमा र शक्ति पृथककीकरणको मान्यतालाई आत्मसात् गर्नुपर्ने लाकेतान्त्रिक मूल्यप्रति मन्त्रालय र मन्त्री पोखरेल सचेत रहँदै आफ्ना तर्फबाट अधिकतम पहल गर्नुभएको बताउनुभयो ।
डा केसीले मन्त्री पोखरेलले विधेयकका सम्बन्धमा सार्वजनिक भएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको र विधेयक पारित नभएको अवस्थामा आपसी असमझदारी हुन नदिने अभिप्रयाले मन्त्रालयका सहचिव डा हरि लम्साललाई जिम्मेवारी दिइएको छ ।
मन्त्रालय सहमति तथा संवादबाटै समस्याको समाधान गर्न हरदम तयार रहेको उल्लेख गर्दै प्रवक्ता अर्यालले डा केसीसँग भएको सहमति समेत कार्यान्वयनमा आउने र त्यसका लागि सरकार प्रयत्नशील रहेको बताउनुभयो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ‘मुटु रोगबाट बच्न व्यायाम जरुरी’
Next article नर्भिकले सय बेडको थप सुविधासम्पन्न अस्पताल बनाउने  

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133171
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web