काठमाडौं, २७ पुष क्यान्सर सम्बन्धी जनचेतना बिस्तार गर्दै क्यान्सरका विरामीको मनोवल उच्च राख्ने उद्देश्यले आज ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा ‘सुदिप्त क्यान्सर सर्भाइभर र्याम्प
सो ’ हुने भएको छ । नेपाल क्यान्सर सहयोग समूह र हरिसिद्विस्थित नेपाल क्यान्सर अस्पतालको सहयोगमा नेपालमा पहिलो पटक र्याम्प सो हुन लागेको हो । आज साझ साडेपाँच वजेदेखि हुने सोको सम्पूर्ण तयारी पुरा भइसकेको कार्यक्रमकी निर्देशक स्वरुपा श्रेष्ठले जानकारी दिएकी छिन् । सोमा क्यान्सर निको भइसकेका महिला र पुरुष गरि २४ जनाले आफ्ना अनुभव सहित र्याम्पमा हिड्ने छन् । कार्यक्रममा राजनीतिक, चिकित्सा, आर्थिकलगायत विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तिहरु उपस्थित हुने आयोजकले जनाएको छ । कार्यक्रमको सञ्चालन पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठले गर्ने छिन् । यो कार्यक्रमलाई एभिन्यूज टेलिभिजनले प्रत्यक्ष प्रशासरण गर्ने छ ।
Leave a Reply