• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 17th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

यी हुन् छाती दुख्ने प्रमुख कारण

January 17th, 2019 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यी हुन् छाती दुख्ने प्रमुख कारण

डा. ओममूर्ति अनिल, 

छाती दुख्नुको अर्थ मुटुकै कारण हो भन्न मिल्दैन, हामी भ्रममा परेर छाती दुख्नुको कारण मुटुमै समस्या भएको ठान्छौंं तर त्यो सोचाइ गलत हो । लगभग ९० प्रतिशतभन्दा बढी मानिसमा छाती दुख्ने कारण मुटुसँग सम्बन्धित हुँदैनन् । तर दुखाइको प्रकृति फरक भएकोले यदि तपाइलाई मुटुको समस्या छ भने चाँडै नै डाक्टरलाई देखाई हाल्नुपर्छ । र अझ हृदयाघातको कारणले छाती दुखेको भए, एक मिनेट पनि समय खेर नफाली अस्पताल गइहाल्नु पर्छ ।

छाती दुख्नुको कारणहरू

हाम्रो छातीमा मुटु र फोक्सो दुई प्रमुख अंंगहरू हुन्छन् । छाती दुखेमा पहिला यी दुई अंगहरूको कारणले हो वा होइन भनी सोच्नुपर्छ । छातीको बनावटमा हड्डी, मांसपेशी, नसा र छालाको पनि भूमिका भएकाले यी अंंगहरूको समस्या भएर पनि छाती दुख्न सक्छ । धेरैजसो अवस्थामा छाती दुख्ने कारण हड्डी र मांंसपेशीसँग नै सम्बन्धित हुन्छन् । ओपीडीमा छाती दुखेर जँचाउन आउने धेरैजसो बिरामीहरूमा यी कारणहरू नै प्रमुख भएका तथ्य हाम्रो अध्ययन र अनुभवले देखाएको छ । तर, पनि आकस्मिक कक्षमा आएका विरामीको पहिला मुटु र फोक्सोको जाँच गर्नु नै उचित हुन्छ । अर्थात् इमर्जेन्सीमा छाती दुखेर आउने बिरामीहरूमा हृदयाघातको कारणले छाती दुखेको हो वा होइन भनी निश्चित गर्नुपर्छ ।

छाती दुख्ने कारण कसरी थाहा पाउने ?

फोक्सोको कारणले छाती दुख्दा लामो श्वास लिँदा वा फेर्दा चस्स छातीको एकातिर (दायाँ÷बाँया) करङमा दुख्यो भने फोक्साको कारणले दुखेको हुनसक्छ । दुब्लो मानिसमा यो समस्या बढी देखिन्छ । यस्तो बेलामा स्वाँस्वाँ हुने ज्वरो आउने पनि हुन सक्छ । निमोनियाको कारणले पनि यस्तो हुन सक्छ । मांसपेशी वा हड्डीको कारणले छाती दुख्दा छातीको दायाँ भाग, पछाडी वा छेउतिर करंगमा दुख्यो भने मांंसपेशी वा हड्डीको कारणले हुन सक्छ । यो भाग दुखेमा मुटुको कारणले हुने सम्भावना कम हुन्छ । हातले छाम्दा दुख्ने, श्वास फेर्दा दुख्ने, छातीको घुमाइसँगै दुखाइको तीव्रतामा परिवर्तन आउने जस्ता लक्षण भएमा मांंसपेशी र हड्डीको कारणले दुखेको हुनसक्छ । मुटुको कारणले छाती दुख्दा छातीको बीच भाग वा बायाँतिर एकनासले दुख्ने वा दबाब महसुुस गर्ने वा पोल्ने हुन सक्छ । दुखाइको तीव्रता कम वा बढी हुन सक्छ । दुखाइ सँगसँगै धेरै पसिना आउने, वान्ता हुन खोज्ने, मुटु ढुकढुक हुने, डर लाग्ने, कमजोरी हुनेजस्ता लक्षणहरू भएमा हृदयाघातको सम्भावना बढी हुन्छ । हृदयाघातबाट छातीको दुखाइ देब्रे हात, घाँटी वा पिठ््यूमा पनि सर्न सक्छ ।

छाती दुखेमा के गर्ने ?

१. हृदयाघात जस्तो लक्षण छ भने तुरुन्तै अस्पतालको इमर्जेन्सीमा पुगेर ईसीजी. गर्ने।

२. हृदयाघात जस्तो लक्षण छैन तर पनि दुखाइ लगातार भइरहेको छ भने चाँडै चिकित्सकको परामर्श लिने।

३. दुखाइमुटु रोगसँग मिल्दैन र धेरै अप्ठ्यारो पनि भएको छैन भने योजना बनाएर सुविधाअनुसार मुटुरोग विशेषज्ञसँग जँचाउने।

४. जोखिम उच्च भएका बिरामीलाई जस्तो किसिमको छाती दुखाइ भएपनि मुटुरोग विशेषज्ञको परामर्श लिनु आवश्यक हुन्छ

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article   ‘हिटलर’देखि ‘हेल्थ हिरो’सम्म
Next article सुदूरपश्चिम प्रदेशमा फागुन ७ देखि विशेष स्वास्थ्य अभियान

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132117
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

49
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

9
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web