• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कम्तिमा १०० प्रकारका औषधीको खुल्ला आयात बन्द गरौ : शर्मा

January 30th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कम्तिमा १०० प्रकारका औषधीको खुल्ला आयात बन्द गरौ : शर्मा

हेल्थ टुडे,

काठमाडौं, १६ माघ :  नेपाल उद्योग परिसंघका अध्यक्ष एवं देउराली जनता फर्मास्यूटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माले देशलाई औषधीमा आत्मनिर्भर बनाउन पहिलो फेजमा सरकारले कम्तिमा १०० प्रकारका औषधीको खुल्ला आयात बन्द गर्नु पर्ने सुझाउ दिएका छन् । देउराली जनता फर्मास्वूटिकल्सको २८औं वार्षिकोत्सव समारोहलाई बुधबार सम्बोधन गर्दै शर्माले स्वदेशी औषधीलाई प्रोत्साहन गर्न र आत्मनिर्भर बनाउन औषधीको खुल्ला रुपमा आयात रोक्न सरकारले तत्कालै कदम चाल्नु पर्ने बताए । आयातको तुलनामा निर्यात एकदमै न्यून हुने देशको रुपमा नेपाल संसारमै सबैभन्दा पछाडि रहेको जानकारी दिदै शर्माले भने, ‘कानूनी प्रावधान सुधार गर्न सकिए नेपाली औषधी कम्पनी स्वदेशमा मात्र नभएर विदेशमा पनि बजार बिस्तार गर्न सक्षम छन । यो कुरालाई सरकारले बिचार गर्नु पर्छ । ’

औषधी व्यवस्था विभागका महाप्रवन्धक नारायण ढकालले आन्तरिक उत्पादनलाई बढावा दिने नीति सरकारको पनि रहेको दावी गर्दै नेपालका औषधी उद्योगले धान्न सक्ने औषधीको निर्यात बन्द गर्ने काम अन्तिम अवस्थामा पुगेकोले चाडै टुंगोमा पुर्याउने बताए । उनले भने, ‘ स्वदेशी औषधीलाई प्रोत्साहन गर्ने गरि तोकिएका औषधीको निर्यात रोक्ने गरि भइरहेको निर्णय मन्त्रीपरिषद्ले पास गरेपछि लागु हुनेछ । त्यसमा नेताहरुको सहयोग चाहिन्छ । ’ नेपालमा खपत हुने कुल औषधीको ४५ प्रतिसत हिस्सा स्वदेशी औषधी उद्योगले ओगटेकोमा खुशी व्यक्त गर्दै महानिर्देशक ढकालले गुणस्तरमा भने ध्यान दिनै पर्ने अवस्था रहेकोमा सजक गराए । कार्यक्रममा उपप्रधानमन्त्री एवं रक्षा मन्त्री इश्वर पोखरेलले उदाहरणिय औषधी उद्योग सञ्चालन गरेकोमा शर्माको प्रशंसा गर्दै सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न कुनै कसर बाकी नराख्ने आश्वासन दिए ।

देउराली जनता फर्मास्यिूटिकल्स कर्मचारीहरुको तर्फबाट दिब्यमका राष्ट्रिय व्यवस्थापक प्रकाशसिंह बिष्टले कम्पनी र कर्मचारी एकअर्काका परिपूरक भएको बताउदै कर्मचारीको क्षमता अभिवृदिमा कम्पनीले सक्दो सहयोग गरिरहेकोमा खुशी व्यक्त गरे । कार्यक्रममा मन्त्री पोखरेलले कम्पनीमा १० बर्ष, १५ वर्ष, २० वर्ष र २५ बर्ष सेवा गरेका दुई दर्जन बढी कर्मचारीलाई सेवा पदकबाट सम्मानित गरेका थिए । समाजसेवी चन्द्र विनोद अधिकारी, टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, कम्पनीका बरिष्ठ उपाध्यक्ष मणिरत्न शाक्य र कम्पनीका अध्यक्ष दुर्गा उपाध्यायले पनि कार्यक्रममा आआफ्नो बिचार व्यक्त गरेका थिए । ५ सयभन्दा बढी कर्मचारी कार्यरत देउराली जनताले ३२० भन्दा बढी प्रकारका औषधी उत्पादन गर्दै आइरहेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article गिरिजा र सुशील कोइरालाको नामका अस्पताल संघीय सरकारकै मातहतमा
Next article कैलालीमा एचआईभीका कारण ७ जनाको ज्यान गयो  

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132856
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

32
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web