• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रदेश मातहत आएपछि लुम्बिनी आयुर्वेद अस्पताल औषधिविहीन, बिरामीलाई समस्या

February 23rd, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रदेश मातहत आएपछि लुम्बिनी आयुर्वेद अस्पताल औषधिविहीन, बिरामीलाई समस्या

लुम्बिनी,११ फागुन । बुटवलस्थित लुम्बिनी आयुर्वेद चिकित्सालय तीन महिनादेखि औषधिविहीन भएको छ । अस्पताल औषधिबिहिन भएपछि बिरामीहरु समस्यामा परेका छन् । निःशुल्क उपचार र औषधि पाउने आशामा उक्त अस्पतालमा दैनिक औसत ७० बिरामी आउने गरेका छन् ।

स्वास्थ्य जाँच गर्न आउने बिरामीहरू औषधि नपाएपछि निराश भएर फर्कने गरेका छन् । अस्पतालका प्रमुख आयुर्वेद चिकित्सक नलिननाथ तिवारीले अस्पतालबाट २३ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने भनिए पनि अहिले सबै सकिएको जानकारी दिए । विगतमा केन्द्र सरकारअन्तर्गत आयुर्वेद अस्पतालमा औषधि आउने गरेको थियो । चालू आर्थिक वर्षमा पहिले स्थानीय तहमार्फत र पछिल्लो समय प्रदेश सरकारबाट औषधि आउने भनिए पनि औषधि आउने अझै टुंगो छैन ।

चालू आर्थिक वर्षमा सो अस्पतालमा तीन लाखबराबरको औषधि आएको थियो । तीन लाखको औषधिले बढीमा ५० दिनलाई काम चलाउन सकिने अस्पतालका स्वास्थ्यकर्मीले बताएका छन् । कम्तीमा २० लाख बराबरको औषधि भए एक वर्षलाई काम चलाउन सकिने उनीहरूको भनाइ छ ।

बुटवल उपमहानगरपालिकाबाट तीन लाखबराबरको औषधि खरिद भएको थियो । सो औषधि तीन महिनाअगाडि नै सकिएको छ । औषधि खरिदका लागि पटक–पटक उपमहानगरपालिका तथा प्रदेशको सामाजिक विकास मन्त्रालयमा अनुरोध गर्दा कुनै सुनुवाइ नभएको अस्पताल स्रोतले जनाएको छ ।

धेरै ठाउँमा जचाउँदा पनि निको नभएका बिरामीसमेत उक्त अस्पतालमा आउने गरेको भएपनि पछिल्लोपटक औषधि उपलब्ध गराउन नसक्दा अप्ठ्यारो भएको स्वास्थ्यकर्मीले बताएका छन् । औषधि अभावमात्र होइन् अस्पतालमा बेडको समेत अभाव छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article हात्तिपाइले विरुद्धको औषधि सेवन अभियान प्रभावकारी हुन सकेन,रोग उन्मूलनको लक्ष्य पूरा गर्न कठीन
Next article विद्यार्थी आन्दोलनका कारण गण्डकी मेडिकल कलेज बन्द

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134421
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web