• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

समय समयमा प्रोष्टेट परीक्षण गर्न विज्ञको सुझाव

March 3rd, 2019 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
समय समयमा प्रोष्टेट परीक्षण गर्न विज्ञको सुझाव

चितवन,१९ फागुन । विज्ञहरुले समय समयमा प्रोष्टेट परीक्षण गर्न सुझाव दिएका छन्। उमेर छिप्पिदै जाँदा पुरुषमा देखापर्ने यो रोग समयमै परीक्षण गर्न सके दीर्घकालीन समस्याबाट मुक्त हुन सकिन्छ। प्रोष्टेट पुरुषमा जन्मदेखि नै हुने अङ्ग हो। पिसाब नली र पिसाबथैलीको बीचमा प्रोष्टेट हुन्छ।

उमेरअनुसार प्रोष्टेट बढ्दै जाने र एक्काइस–बाइस बर्षमा वर्षमा २१२२ ग्रामकै प्रोष्टेट हुने बताउँदै वरिष्ठ मूत्ररोग विशेषज्ञ (युरोलोजिष्ट) डा. निर्मल लामिछानेले वर्षेनी एक दशमलव दुई ग्रामका दरले बढ्दै जाने र कपाल फुल्न थालेपछि यो ग्रन्थीको आकार ५०–५५ ग्रामसम्म पुग्छ । अनि त्यसले केही समस्या दिने बताए।

यसको मुख्य लक्ष्यणमा पिसाब ननिख्रेजस्तो हुने, पिसाबको धारो काटिएर जाने, पिसाब गर्न पेटको बलले कनेर निकाल्नुपर्ने, रातको समयमा दुई चार पटक पिसाब फेर्न उठ्नुपर्ने, पिसाब लागेपछि रोक्न गाह्रो हुने, दिउँसोमा पनि धेरै पिसाब लाग्नेलगायत छन्।  यसैगरी पिसाबमा सङ्क्रमण हुने, कहिलेकाहीँ पिसाब फर्केर मिर्गौलासम्म पुग्ने, कम्मर दुख्नेजस्ता समस्या पनि देखिने बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका उपनिर्देशकसमेत रहेका डा. लामिछानेले बताए।

प्रोष्टेट बढे नबढेकोको आफैँले छामेर पनि पत्ता लगाउन सकिने सकिन्छ भने पिसाबको परीक्षण गरेर, भिडियो एक्सरे गरेर, पिसाबको गति नापेर पनि यसको अवस्था पत्ता लगाउन सकिने उनको भनाइ थियो। प्रोष्टेटले पिसाब रोकेमा औषधिको माध्यमबाट नरम र सानो बनाउन सकिने र कतिपयमा औषधिले काम नगरेमा शल्यक्रिया गरेर ग्रन्थी हटाउनु पर्ने भएकाले यस्ता समस्या देखिए तत्कालै चिकित्सकसँग परामर्श गर्न डा.लामिछानेले सुझाव दिए।

उनका अनुसार प्रोष्टेटको क्यान्सर भएर पनि ग्रन्थी बढ्ने गर्दछ। यस्तो अवस्थामा चिकित्सकले ग्रन्थी छामेर र रगत परीक्षण गरेर क्यान्सर पत्ता लगाउन सक्ने भएकाले उमेरसँगै प्रोष्टेटको परीक्षण गराउनुपर्छ । विकसित मुलुकमा समय समयमा यस्तो परीक्षण गरिने हुँदा समस्या कम हुन्छ तर हाम्रोजस्तो मुलुकमा पिसाब बन्द भएपछि मात्रै उपचार गर्न आउने हुँदा समस्या जटिल हुने गरेको जानकारी दिँदै उनले लक्षण देखिनासाथ उपचारका लागि आएमा सहज हुन्छ तर अन्तिम अवस्थामा आउँदा बिरामीले बढी पीडा व्यहोर्नुपर्ने बताए।(नागरिक दैनिकबाट)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सातौँ फर्मा तथा हेल्थ एक्स्पो सफलताका साथ सम्पन्न
Next article परिवार नियोजनका अस्थायी साधन डिपो र कण्डमको अभाव

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134302
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web