• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 20th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपालमा विदेशी औषधिको रजाइँ, औषधि खरिदमा दैनिक ७ करोड रुपैयाँ बाहिँरिदै

March 9th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपालमा विदेशी औषधिको रजाइँ, औषधि खरिदमा दैनिक ७ करोड रुपैयाँ बाहिँरिदै

काठमाडौ,२५ फागुनः सरकारले नेपाली औषधि उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिए पनि त्यसको व्यावहारिक कार्यान्वयन गर्न सरकार चुकेको छ । नेपालमै उत्पादन हुने ३० प्रकृतिका औषधि विदेशबाट ल्याउन सरकारले प्रतिबन्ध लगाएको थियो । तर, आफ्नै निर्णय कार्यान्वयनमा सरकार असफल भएपछि नेपालमा विदेशी औषधीको रजाइँ बढेको पाइएको छ ।

सरकारले २०७४ जेठमा ३० प्रकृतिका औषधिका लागि कच्चा पदार्थ मात्रै ल्याउने र ती औषधि विदेशबाट आयात गर्न नपाइने गरी निर्णय गरेको थियो । सो निर्णय कार्यान्वयनका लागि कार्यतालिकासहित स्वास्थ्य मन्त्रालयमा पेस गरिएको थियो । मन्त्रालयबाट २०७४ जेठमा नै कार्यतालिकाबमोजिम औषधि व्यवस्था विभागमा पत्र पठाए पनि झन्डै दुई वर्ष बितिसक्दा पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन ।

जसकारण अझै भारत, बंगालदेश, चीन, बेल्जियमलगायतबाट नेपालमै उत्पादन भई आत्मनिर्भर भएका औषधिसमेत आइरहेका छन् । स्रोतका अनुसार सरकारका उच्च अधिकारी विदेशी औषधि आयातकर्ताको दबाबमा निर्णय कार्यान्वयमा आलटाल गरिरहेका छन् ।
नेपाल औषधि उत्पादक संघका अध्यक्ष दीपकप्रसाद दाहालका अनुसार सरकारी बेवास्ताका कारण ३० प्रकृतिका औषधि निर्वाध रूपमा विदेशबाट भित्रिरहेका छन् ।

उनले भने,‘सरकारको बजेट वक्तव्यमा समेत उद्योगलाई आधारभूत संरक्षण दिने नीति लिएको छ । तर, नेपाली औषधि उद्योगलाई प्रोत्साहन गर्न सरकार संवेदनशील भएको देखिँदैन । उल्टै विदेशी औषधिलाई नै प्रोत्साहन गर्न खोज्ने सरकारी अधिकारीको कार्य आपत्तिजनक छ ।’

औषधि व्यवस्था विभागले तत्कालीन स्वास्थ्य मन्त्रालयलाई औषधि उत्पादन सन्दर्भमा कार्ययोजनासहित विवरण पठाएको थियो । कार्ययोजनामा नेपालमै उत्पादित ३० प्रकारका औषधि २०७४ असार मसान्तदेखि लागू हुनेगरी आयातमा रोक लगाइने भनिएको छ ।
अहिले नेपाली बजारमा उत्पादन भएर पनि उचित बजार पाउन नसकेका औषधिमा अल्बेन्डाजोल, एमोक्सासिलिन एजिथ्रोमाइकिन, ट्रिमेथोरपिम प्लस सल्फामेथोजाजोल, मेट्रोनिडाजोल, एन्टासिड, ओमेप्राजोल, पेन्टाप्राजोल, रेनिटेडिन, मल्टिभिटामिनहरू पारासिटामोल रहेका छन् ।

यस्तै, सेट्रेजिन, केही मलम, इन्डोमेथासिन, टिनिडाजोल, अल्वेन्डाजोल, अक्सिक्लोनजाइड भेट, लेभामिजोल भेट, कालामाइन लोसन, क्याल्सियम कार्बोनेट रहेका छन् । यस्तै, क्याल्सियम कार्बोनेट, जेन्सन भ्वाइलेट, निमो सुलाइड, ट्रामाजोल, साइप्रो हेप्टाडिन पनि नेपालमै आत्मनिर्भर भएका औषधिभित्र पर्छन् । यी औषधी अहिले पनि आयात भइरहेको छ ।

यसरी हेर्दा दैनिक १ करोड ४० लाख रुपैयाँबराबरका औषधि आयात भइरहेको नेपाल औषधि उत्पादक संघले जनाएको छ । संघका सदस्य विप्लव अधिकारीले भने,‘नेपाली औषधिलाई प्रोत्साहन गर्ने सरकारले नीति त ल्याएको छ । तर, सरकार अझै कार्यान्वयनमा गम्भीर देखिएको छैन ।’ औषधि उत्पादक संघले सरकाले ३० प्रकृतिका औषधिको कच्चापदार्थ मात्र आयात गर्ने नीति लिएमा दुई वर्षभित्रमा ७५ प्रतिशत औषधिमा देश आत्मनिर्भर हुने बताएको छ ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले भने नेपालमै आत्मनिर्भर भएका औषधिहरूलाई प्रोत्साहन गर्न सरकार संवेदनशील भएको दाबी गरे । उनले भनेः‘नेपालमा उत्पादित औषधिको क्वालिटीसँग कुनै सम्झौता नहुनेगरी विदेशबाट आयात नगर्न हामी तयार छौं । ’ सरकारले स्वदेशी औषधि उत्पादनलाई उच्च प्राथमिकतामा राख्दै आएको दाबी गरे पनि औषधि खरिदमा दैनिक ७ करोड रुपैयाँ बिदेसिने गरेको छ ।

हाल देशभर ५३ औषधि उद्योगले यलोपेथिक प्रकृतिका औषधि उत्पादन गर्दै आएका छन् । अझै ३० वटा नयाँ उद्योग सञ्चालनको तयारीमा छन् । हाल नेपालमा करिब ३ सय प्रकृतिका औषधि उत्पादन हुँदै आएका छन् । बजारमा झन्डै ९ सय थरीका औषधि बिक्री वितरण भइरहेका छन् । नेपाल औषधि व्यवसायी महासंघका अध्यक्ष मृगेन्द्रमेहेर श्रेष्ठले पनि स्वदेशी औषधि उद्योगहरूलाई आत्मनिर्भर बनाउनुपर्ने बताए ।(राजधानी दैनिकबाट)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य परीक्षण गराएका ४४५ महिलामध्ये ३५ जनाको पाठेघर शल्यक्रिया गर्नुपर्ने
Next article सामुदायिक स्कुलमा निःशुल्क स्वास्थ्य परिक्षण अभियान सुरु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 18th 7:59 AM
समाचार

स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133378
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

57
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

41
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web