• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

छोरीको जीवन गर्भमा मात्रै, भ्रुणहत्या गर्ने क्रम बढ्दो

March 16th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
छोरीको जीवन गर्भमा मात्रै, भ्रुणहत्या गर्ने क्रम बढ्दो

हेल्थ टुडे,
काठमाडौ,२ चैतः छोरा मोहका कारण महिलाले छोरीको भ्रुणहत्या गर्ने क्रम बढेको छ। लिंग पहिचान गर्न महिला स्वास्थ्य संस्थामा गएर अल्ट्रासाउन्ड गर्छन् र छोरी भएमा हत्या गरिदिन्छन्। सीमावर्ती क्षेत्रका महिला भने भारतीय सहरमा पुगेर लिंग परीक्षण गराउँछन्।
हालै गरिएको एक अध्ययनमा सहभागी महिलामध्ये १७ प्रतिशतलाई अल्ट्रासाउन्ड सेवा प्रदायकले भ्रूणको लिंगबारे बताएका थिए।‘गर्भमा छोरी रहेको थाहा पाएपछि भ्रूणहत्या गर्ने गरेको पाइयो’, अध्ययनमा संलग्न वातावरण स्वास्थ्य र जनसंख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) का निर्देशक आनन्द तामाङले भने। भ्रूणको लिंग पहिचान गर्नु गैरकानुनी हो।

नेपालमा वार्षिक तीन लाख २३ हजार ९४ जनाले गर्भपतन गराउँछन्। तीमध्ये ४२ प्रतिशतले मात्र सरकारी मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट गर्भपतन गराउँछन्। ५८ प्रतिशत गर्भपतन अवैध हुने गरेको छ। स्त्री तथा प्रसूति विशेषज्ञ डा. हीरा तुलाधर असुरक्षित तरिकाले गर्भपतन गराउँदा कैयन् महिलाले ज्यान गुमाउने गरेको बताउँछिन्।‘असुरक्षित गर्भपतन गर्दा कतिपयको स्वास्थ्य अवस्था गम्भीर हुने र कतिको ज्यानसमेत जाने गरेको छ’, डा.तुलाधरले भनिन्।

छोरा जन्माउन महिलाले पूजाआजा र भाकल गर्ने, जडिबुटी बाँध्ने लगायतका उपाय अपनाउने गरेको अध्ययनमा उल्लेख छ। अध्ययनमा सहभागी महिलामध्ये ३० जना अर्थात् झन्डै नौ प्रतिशतले कुनै निश्चित लिंगको बच्चा जन्माउन भाकल (देवताको नाममा जनावरको बलि दिने) गरेको पाइएको छ। तीमध्ये २५ जनाले छोरा जन्मियोस् भनेर भाकल गरेका थिए।

छोरा पाउन पाँचजना महिलाले विशेष पूजा गरेका थिए र तीनजनाले धार्मिक गुरुकहाँ गएर आशीर्वाद लिएको अध्ययनमा उल्लेख छ। अध्ययन संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा कञ्चनपुर, सुर्खेत, रूपन्देही, कास्की, भक्तपुर र चितवन गरी ६ जिल्लामा गरिएको अध्ययनमा छोरी जन्माउँदा महिलामाथि घरबाटै हिंसा हुने गरेको उल्लेख छ। ‘महिलामाथि छोरा पाउनै आउँदो रहेनछ भन्ने दोष लगाउने गरेको पाइयो’, तामाङले भने।

अध्ययनमा संलग्न महिलाले पति र सासूले छोरा जन्माउन दबाब दिने गरेको बताएका छन्। ती जिल्लाका दसवटा सरकारी स्वास्थ्य संस्था ९तीन अस्पताल, तीन प्राथमिक स्वास्थ्य केन्द्र र चार स्वास्थ्य चौकी० मा नियमित परीक्षणमा आउने चारदेखि ६ महिनाका गर्भवतीसँग पहिलो चरणको अन्तर्वार्ता गरिएको थियो। पहिलो चरणमा नियमित गर्भ जाँच गर्न आउने २ सय ६० जना गर्भवतीलाई सहभागी गराइएको थियो। दोस्रो चरणमा तीन सय ४९ आठदेखि नौ महिनाका गर्भवतीसँग अन्तर्वार्ता गरिएको थियो।

पहिलो चरणमा समावेश तीन सय ६० गर्भवती महिलालाई के चाहनुहुन्छ ? भनेर सोध्दा ३६ प्रतिशतले छोरा भनेका थिए। तीन गर्भवतीमध्ये एकजनाले छोराको चाहना राखेका थिए। त्यस्तै ६ मध्ये एकजनाले छोरीको चाहना राखेका थिए। आधाजसो महिलाले छोराछोरी जे भए पनि हुने बताएका थिए। पतिकोे चाहना छोरा भएको अध्ययनमा सहभागी एक तिहाइ महिलाले बताएका थिए।

एउटी छोरी मात्र भएका ७३ प्रतिशत महिलामा छोराको चाहना उच्च भएको पाइएको छ। उच्च शिक्षा हासिल गरेका महिलामा भने हालको गर्भप्रति छोराको चाहना कम भएको देखिएको छ। जातजातिका आधारमा हेर्दा बाहुन, क्षेत्री, पहाडी जनजाति र पहाडी दलित महिलामा छोराको चाहना बढी देखिएको छ।

राष्ट्रिय महिला आयोगका सहसचिव युवराज सुवेदी लिंग पहिचान गरी भ्रूण हत्या गर्नु अपराध भएको बताउँछन्। उनले भने,‘छोरी जन्माएकै कारण महिलामाथि हिंसा हुने गरेको छ। हिंसा न्यूनीकरणमा पुरुषलाई पनि सहभागी गराउनुपर्छ।’ राष्ट्रिय योजना आयोगकी उपसचिव लक्ष्मी घिमिरे भन्छिन,‘छोरा होस कि छोरी जे भए पनि दुई सन्तान भए पुग्छ भन्ने मानसिकता व्यवहारमा लागू गर्नुपर्छ।’(अन्नपूर्ण पोष्ट दैनिकबाट)

snaptube baixa aqui

share me app

freefire pc

Snaptube PC gratis Snaptube For PC

The Zalo PC

Ativador Office 2019

 

Crack Software

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पाठेघर परीक्षणको लागि आन्तरिक जनशक्ति उत्पादन
Next article मकवानपुरमा बर्डफ्लु देखिएपछि आसपासका जिल्लामा पनि उच्च सतर्कता

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134421
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web