• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 23rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

पाठेघर परीक्षणको लागि आन्तरिक जनशक्ति उत्पादन

March 16th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पाठेघर परीक्षणको लागि आन्तरिक जनशक्ति उत्पादन

हेल्थ टुडे,
रसुवा,२ चैतः रसुवा अस्पतालले महिलाको पाठेघरमा हुन सक्ने समस्या समाधान गर्न पहिलो पटक आफ्नो आन्तरिक जनशक्ति उत्पादन गरेको छ । रसुवा अस्पतालले अस्पतालमा कार्यरत दुई जना अनमीलाई तालीम दिएर दक्ष बनाइ ३० देखि ६० वर्षभित्रका महिलाको पाठेघरसम्बन्धी परीक्षण र आइपरेका समस्या समाधानका लागि उपचार प्रकृयाका बारेमा परामर्श दिन सुरु गरेको छ ।

महिलाको पाठेघर उपचार सेवाअन्तर्गत ३६२ जनाको परीक्षण गर्दा ११ जनामा समस्या भेटिएकोले हुन सक्ने क्यान्सरबाट सुरक्षित सावधानीका लागि उपचारार्थ काठमाडौ जान सुझाव दिएका छन् । जिल्लामा शुरू परीक्षण सेवालाई क्रमिक रूपमा शिविरको माध्यमबाट जिल्ला भर विस्तार गर्ने र थप उपचारार्थ काठमाडौ रिफर हुने महिलाको हकमा बाटो खर्चसमेत दिइने अस्पतालले जनाएको छ ।

यस्तै महिलामा हुने पाठेघर समस्या समाधानको साथै बालबालिकामा हुने विविध रोग निदानका लागि पनि सेवा सुरु गरिएको रसुवा अस्पतालका प्रमुख डा. नितु झाले जानकारी दिए । जटिल खाले बिरामीको उपचार साधन तथा स्रोतको अभावले काबुभन्दा बाहिर भए बाहिर पठाउने हो । अस्पताल विकास समितिका अध्यक्ष रामशरण कुँइकेलले अस्पतालका कार्यरत चिकित्सकले अह्रोरात्र सेवा दिई रहेका र आफूले पनि अस्पताललाई थप व्यवस्थित बनाउने प्रयास गरिरहेको बताए ।

अस्पतालमा उपचारका लागि दैनिक सरदर अन्तरङ्ग कक्षमा ७ देखि १० जना र वैरङ्ग कक्षमा ४० देखि ५० जना बिरामी आउने गरेका छन् । विसं २०४४ देखि १५ शै्याको बेडबाट स्थापना भएको रसुवा अस्पतालको संरचना विसं २०७२ को भूकम्पको क्षति भएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जनस्वास्थ्य प्रयोगशाला टेकुका ल्याव टेक्निसियन घुससहित र‌ंगेहात पक्राउ
Next article छोरीको जीवन गर्भमा मात्रै, भ्रुणहत्या गर्ने क्रम बढ्दो

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 22nd 2:22 PM
समाचार

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश डंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134256
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

137
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

138
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web