हेल्थ टुडे,
काठमाडौ,३ चैतः युवा चिकित्सक संघमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । काठमाडौको चाबहिलमा भएको संघको पहिलो साधारणसभाले डा.चेतन बस्नेतको अध्यक्षतामा नयाँकार्यसमिति चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा डा. उमेशप्रसाद भट्टराई, उपाध्यक्षमा डा. संगिता भुसाल र डा. कृष्ण हमाल चयन भएका छन् ।
यस्तै, संघको महासचिवमा डा. सुलोचन लोहनी, सचिवमा डा. रविन बस्नेत र डा. केशवराज न्यौपाने, कोषाध्यक्षमा डा. राज्य खड्का र सह–कोषाध्यक्षमा डा. उत्सव तिमल्सिना चयन भएका छन् । यस्तै, सदस्यहरुमा डा. रविन ज्ञवाली, डा. किशोर शाही, डा. रोमन धिताल, डा.दिपक शर्मा, डा.अनुज श्रेष्ठ र डा सरोज कार्की चयन भएका छन् ।
संघको प्रमुख सल्लाहकारमा डा.बिष्णु भण्डारीलाई चयन गरिएको छ । साधारणसभामा संघका सम्पूर्ण संस्थापक संयोजक,संस्थापक सदस्य,आजिवन सदस्य र साधारण सदस्य गरी करिब ७० जनाको उपस्थिति रहेको थियो ।
निर्वाचनलाई व्यवस्थापन गर्न प्रमुख निर्वाचन अधिकृत डा.जितेन्द्र राय यादवको नेतृत्वमा ३ सदस्सीय टोलीलाई जिम्मा दिइएको थियो । साधारणसभाका वक्ताहरुले संघको एकतामा जोड दिएका थिए ।
Leave a Reply