• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 30th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

उपकुलपतिकै संरक्षणमा मेडिकल कलेजहरुको ठगी

March 21st, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
उपकुलपतिकै संरक्षणमा मेडिकल कलेजहरुको ठगी

मेडिकल कलेजलाई कारबाही गर्ने इच्छा भीसी सरमा देखिँदैन, एक वर्षदेखि अनुगमन निर्देशनालयको प्रतिवेदन लुकाएर राख्नुभएको छ । – सुधा त्रिपाठी, रेक्टर त्रिवि
हेल्थ टुडे,
काठमाडौ,७ चैतः शैक्षिक शुल्कका नाममा लाखौं रुपैयाँ असुलेर विद्यार्थी–अभिभावकलाई ठगी गर्ने मेडिकल कलेजलाई त्रिभुवन विश्वविद्यालयकै उपकुलपति तीर्थराज खनियाँले संरक्षण दिने गरेका छन् । पटक–पटक विद्यार्थी–अभिभावकले उजुरी गर्दा पनि ती कलेजविरुद्ध कारबाही गर्न उनले चासो नदेखाएका हुन् । जसका कारण मेडिकल कलेजले विद्यार्थीबाट असुल्ने रकमको दर बढाउँदै लैजाने मौका पाएका छन् । विद्यार्थीको उजुरी र त्रिविकै अनुगमन निर्देशनालयले गरेको छानबिनमा अघिल्लो शैक्षिक सत्रमै मेडिकल कलेजले विद्यार्थीबाट लाखौं अवैध शुल्क उठाउँदै आएको पाइएको थियो ।

उजुरी र छानबिन समितिको प्रतिवेदनलाई कार्यकारी परिषद्मा लगेर कारबाही प्रक्रिया अघि बढाउन खनियाँले आनाकानी गरेका हुन् । यसमा रजिस्ट्रार डिल्लीराम उप्रेतीले पनि साथ दिएका छन् । डिन कार्यालयलगायत त्रिविका विभिन्न निकायमा आएका उजुरी र गुनासा कार्यकारी परिषद् बैठकमा लैजाने र त्यहाँबाट निर्णय गरेर कारबाही गर्ने प्रावधान छ । निर्देशनालयको छानबिन प्रतिवेदन पनि परिषद्बाटै निर्णय गराएर कार्यान्वयनमा लगिन्छ ।

उपकुलपति खनियाँले भने निर्देशनालयको विज्ञ छानबिन टोलीले तयार पारेको प्रतिवेदन लुकाएर अवैध धन्दा चलाउने मेडिकल कलेजहरूलाई संरक्षण गर्दै आएका हुन् । डिन कार्यालयले पत्राचार गर्दासमेत मेडिकल कलेजलाई कारबाही गर्न उपकुलपतिले चासो नदिएको स्रोतले जनायो । चिकित्सा शिक्षा अध्ययन संस्थान डिन कार्यालय स्रोत भन्छ,‘कारबाही गर्न नेतृत्व गर्ने व्यक्ति नै मौन बसेपछि केही गर्न सकिएन, मेडिकल कलेजको अवैध धन्दा झन्झन् मौलाउँदै गएको छ ।’

डिन कार्यालय र निर्देशनालय ललितपुरको किस्ट, भरतपुरको चितवन, भैरहवाको युनिभर्सल, वीरगन्जको नेसनल र पोखराको गण्डकी मेडिकल कलेजले अतिरिक्त शुल्क असुल्ने गरेको विषयमा गतवर्ष नै जानकार थिए । सोही आधारमा डिन कार्यालयले छानबिनका लागि निर्देशनालयलाई आग्रह गर्‍यो । निर्देशनालयले २–२ जनाको विज्ञ टोली बनाएर अनुगमनमा खटायो । छानबिन प्रतिवेदन गत वर्ष फागुनमै कार्यकारी परिषद्मा पुगेको छ । खनियाँ भने छानबिन नभएको र मेडिकल कलेजले अवैध शुल्क लिने जानकारी त्रिविलाई नभएको तर्क गर्छन् ।

कार्यकारी परिषद्मा पुगेको प्रतिवेदन अनुमोदन गराएर कारबाही गर्न उपकुलपतिले बेवास्ता गरेको रेक्टर सुधा त्रिपाठीले बताइन् ।‘मेडिकल कलेजका विषयमा कारबाही गर्ने इच्छा भीसी सर (उपकुलपति) मा देखिँदैन,’ उनले भनिन्,‘एक वर्षदेखि अनुगमन निर्देशनालयको प्रतिवेदन लुकाएर राख्नुभएको छ ।’ त्रिपाठी पछिल्लो समय कारबाही गर्नुपर्ने पक्षमा उभिए पनि उपकुलपति खनियाँ र रजिस्ट्रार उप्रेती भने मेडिकल कलेजले अतिरिक्त रकम लिएकोबारे जानकारी नभएको भन्दै आलटाल गरिरहेका छन् । डिन जगदीश अग्रवालले पनि कार्यकारी परिषद्बाट निर्णय नहुँदा मेडिकल कलेजमाथि कारबाही गर्न नसकिएको जनाए ।

विद्यार्थी र अभिभावकको गुनासो आधारमा गत वर्षदेखि बढी शुल्क लिने कलेजबारे त्रिविलाई जानकारी गराएको उनले बताए । मनोमानी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्न त्रिविले चासो नदेखाउँदा विद्यार्थी निरन्तर ठगिने गरेको अधिवक्ता ओमप्रकाश अर्यालले बताए । कलेज सञ्चालक र उपकुलपतिको मिलेमतोका कारण बदमासी गर्ने मेडिकल कलेजहरू कारबाहीको दायरामा आउन नसकेको उनको भनाइ छ ।

मेडिकल कलेजहरूलाई कारबाही नगरेको भन्दै सत्तारूढ नेकपाकै विद्यार्थी संगठनले उपकुलपति र डिन कार्यालयमा तालाबन्दी गरेका छन् । अनेरास्ववियु र अखिल क्रान्तिकारीले विद्यार्थीलाई ठगी गर्ने कलेजका सञ्चालकहरूलाई कारबाही माग गरेका हुन् । विद्यार्थीसँग तोकिएभन्दा बढी लिएको शुल्क फिर्ता गराई कलेजलाई सम्बन्धन खारेजीसम्मको कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।(कान्तिपुर दैनिकबाट)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article निजि मेडिकल कलेजको बेथिति जारी रहेको भन्दै डा.केसीद्वारा आन्दोलनको चेतावनी
Next article ट्रमा सेन्टरको कार्यकारी निर्देशकमा डा. यादव

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134396
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

17
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web