• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 3rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

निजि मेडिकल कलेजको बेथिति जारी रहेको भन्दै डा.केसीद्वारा आन्दोलनको चेतावनी

March 22nd, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
निजि मेडिकल कलेजको बेथिति जारी रहेको भन्दै डा.केसीद्वारा आन्दोलनको चेतावनी

हेल्थ टुडे,
काठमाडौ,८ चैतः निजि मेडिकल कलेजहरुले दिनदाहाडै ठगी गरेर राज्यको उपहास गरिरहेको आरोप लगाउँदै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका बरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले आन्दोलन गर्ने चेतावनी दिएका छन् । डा. केसीले ठग मेडिकल कलेजका संचालकहरुलाई कानुनको दायरामा ल्याउन सरकारसंग माग समेत गरेका छन् ।

डा. केसीले बिहीबार बिज्ञप्ती जारी गरि ठग मेडिकल कलेजलाई कारवाही गर्न चिकित्साशास्त्र अध्ययन संस्थानलाई आग्रह गरेका छन् । बिज्ञप्तिमा भनिएको छ ‘मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, सुशासन, सबै विपन्न नागरिकहरुको सस्तो, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार तथा सबै विद्यार्थीको योग्यताका आधारमा निःशुल्क वा सस्तो शुल्कमा चिकित्सा तथा स्वास्थ्य शिक्षाका अन्य विषयहरु पढ्ने अधिकार सुनिश्चित गर्न माग गर्दछु ।’

उनले लामो संघर्षपछि बनेको माथेमा कार्यदलले दिएको सुझाव अनुसार मेडिकल शिक्षामा शुल्क निर्धारण गर्न पनि सरकारसंग माग गरेका छन् ।  नेपालका निजी मेडिकल कलेजहरुले विद्यार्थीहरुसँग वार्षिक अरबौं रुपैयाँ ठगी गर्दापनि सरकार अझै मुकदर्शक भएको भन्दै डा. केसीले राज्यद्धारा संरक्षित मेडिकल माफियाहरुलाई कारवाहीको दायरमा ल्याउन समेत आग्रह गरेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article उपकुलपतिकै संरक्षणमा मेडिकल कलेजहरुको ठगी
Next article मन्त्रिपरिषद्बाट स्वास्थ्य बीमा नियमावली पारित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132658
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

20
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web