• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

रोकिएन मेडिकल कलेजहरुको दादागिरीः विद्यार्थीबाट अबैध शुल्क असुल्नेक्रम जारी

April 16th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
रोकिएन मेडिकल कलेजहरुको दादागिरीः विद्यार्थीबाट अबैध शुल्क असुल्नेक्रम जारी

हेल्थ टुडे,
काठमाडौ,३ बैशाखः मेडिकल कलेजका विद्यार्थीको आन्दोलन र चौतर्फी आलोचनाकाबीच मेडिकल कलेजहरुले गत चैत ७ गते शिक्षा मन्त्रालयसंग विद्यार्थीबाट लिइएको अतिरिक्त शुल्क एक महिनाभित्र फिर्ता गर्ने प्रतिबद्धता जनाएपनि अझै शुल्क फिर्ता नगरेको पाइएको छ । शिक्षा मन्त्रालयसंग भएको सहमति विपरित त्रिभुवन र काठमाडौं विश्वविद्यालयका मेडिकल कलेजहरूले विद्यार्थीबाट नियमविपरीत लिएको रकम फिर्ता नगरेका हुन् । त्यसो त कलेजहरुले शिक्षा मन्त्रालयको रोहबरमा मेडिकल कलेजका विद्यार्थीहरुसंग भएको सहमति विपरित विद्यार्थीहरुबाट अतिरिक्त शुल्क असुल्न पनि छाडेका पनि छैनन् ।

शिक्षा मन्त्रालयले गत चैत ७ गते सरोकारवालाको छलफलमा विद्यार्थीबाट लिएको रकम एक महिनाभित्र फिर्ता गर्ने सहमति भएको थियो । मन्त्रालयले त्यहीअनुसार मेडिकल कलेजहरूले लिएको बढी शुल्क फिर्ता गराउन विश्वविद्यालयलाई निर्देशन दिएको थियो । मन्त्रालयले विश्वविद्यालयका प्रतिनिधि, कलेज सञ्चालक, नेपाल मेडिकल काउन्सिल र मन्त्रालयको प्रतिनिधिको रोहबरमा शुल्क फिर्ताको अनुगमन गर्ने निर्णय पनि गरेको थियो । निर्णय भएको एक महिना हुन लाग्दा अनुगमन समिति पनि बनेको छैन ।

त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन पाएका मेडिकल कलेजहरूले एमबीबीएस, बीडीएस लगायत चिकित्सा शिक्षा विषय अध्ययनरत विद्यार्थीसँग तोकेभन्दा लाखौं बढी रकम उठाएर ठगी गर्दै आएका छन् । मन्त्रालयले नेपाल मेडिकल काउन्सिलसहित दुवै विश्वविद्यालयलाई पत्राचार गरेको थियो । यता,प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले समेत तोकिएको समयभित्र शुल्क फिर्ता गराउन सरकारलाई निर्देशन दिएको थियो । यस्तै, समितिले गठन गरेको उपसमितिले अतिरिक्त शुल्क लिएको विषयमा दुवै विश्वविद्यालयका मेडिकल कलेजमाथि छानबिन गरिरहेको छ ।

शिक्षा मन्त्रालय स्रोतका अनुसार विश्वविद्यालयका उपकुलपति लगायत पदाधिकारी र डिन कार्यालय मेडिकल कलेजहरूले असुलेको चर्को शुल्क फिर्ता गराउन चासो दिएका छैनन् । मेडिकल कलेजहरूमा अध्ययनरत विद्यार्थीले मेडिकल सञ्चालक र विश्वविद्यालयका पदाधिकारीको मिलेमतोकै कारण शुल्क फिर्ता हुन नसकेको गुनासो गरेका छन् ।

केयू र टीयूका मेडिकल कलेजहरूले एमबीबीएस पढ्ने विद्यार्थीसँग ८० लाखदेखि एक करोडसम्म शुल्क उठाउने गरेको पाइएको छ । कलेजहरूले अवैध रूपमा उठाएको रकमको बिलभर्पाईसमेत उपलब्ध गराउँदैनन् । कलेजहरुले परीक्षा, इन्टर्नसिप, भर्ना, रजिस्ट्रेसन, पुस्तकालय, फिल्ड भिजिट, डेभलपमेन्टलगायत नाममा सरकारले तोकेभन्दा दुई गुना बढीसम्म रकम लिने गरेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपालमा नसर्ने रोग बढ्दै, सबैभन्दा बढी दम रोग
Next article स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान दिएका दुई दर्जन विशिष्ट व्यक्ति बिभूषित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134431
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

39
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web