• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कर्मचारी समायोजन प्रक्रियाको विरोधमा स्वास्थ्य सहायकहरु पनि आन्दोलित

April 18th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कर्मचारी समायोजन प्रक्रियाको विरोधमा स्वास्थ्य सहायकहरु पनि आन्दोलित

हेल्थ टुडे,
काठमाडौ,५ बैशाखः स्वास्थ्य समुहका कर्मचारी समायोजन प्रक्रियाको विरोध गर्दै स्वास्थ्य सहायक (हेल्थ असिस्टेन्ट) पनि आन्दोलनमा उत्रिएका छन् । कर्मचारी समायोजनको विरोधमा स्वास्थ्य सेवा नै ठप्प हुने गरी आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकहरुको समस्या समाधान नहुदै स्वास्थ्य सहायकहरु पनि आन्दोलनमा उत्रिएपछि स्वास्थ्य समूहमा समायोजन प्रक्रिया झन् जटिल बन्दै गएको छ ।

सरकारी चिकित्सकहरुले अस्पताल नै ठप्प हुने गरी नौ दिन लामो आन्दोलन गरेका थिए । सरकारले माग सम्बोधनको लागि आन्दोलनरत चिकित्सकसंग १५ दिनको समय मागेपछि बैशाख १५ गतेसम्मको लागि सरकारी चिकित्सकहरुले आन्दोलन स्थगित गरेका छन् । आफुहरुले उठाएका माग सम्बोधन नभए पुनः कडा आन्दोलन गर्ने चिकित्सकहरुले चेतावनी दिईसकेका छन् ।

सरकारी चिकित्सकहरुको माग सम्बोधन बारे छलफल भईरहँदा स्वास्थ्य सहायक (हेल्थ असिस्टेन्ट) हरुले पनि समायोजन प्रक्रियामा रहेको व्यापक त्रुटि सच्याउनुपर्ने माग राखी स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई ज्ञापनपत्र पेश गरेका छन् । आफुहरुका माग सुनुवाइ नगरे कडा आन्दोलनमै जाने उनीहरुले चेतावनी दिएका छन् । स्वास्थ्य ऐनमा नै कर्मचारी समायोजन गर्दा एक तह बढाएर समायोजन गर्ने व्यवस्था गरिए पनि एक तह घटाएर स्वास्थ्य सहायकलाई राखिएकोले आन्दोलन गर्नुपरेको स्वास्थ्य सहायकहरुको तर्क छ ।

हेल्थ असिष्टेन्ट संघका बरिष्ठ उपाध्यक्ष दीपेन्द्र खड्काले समायोजनमा एक तह घटुवा गरेकोले आन्दोलित हुनुपरेको बताए । उनले भनेः‘हामीले समायोजन सच्याउन ध्यानाकर्षण मात्र गरेका छौँ, सरकारले हेल्थ असिष्टेन्टको माग सुनुवाइ नगरे कडा आन्दोलनमा जान बाध्य हुनेछौ ।’

यता, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्यका कर्मचारीलाई समायोजनमा चित्त नबुझे गुनासो दर्ता गर्न सकिने व्यवस्था गरेको जनाएको छ । उनीहरुले बिहीबारसम्म गुनासो गर्न सक्नेछन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article तलब नपाएपछि कर्मचारीद्वारा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा तालाबन्दी
Next article स्वास्थ्य मन्त्रालयको सचिवमा रामप्रसाद थपलिया

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132504
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

37
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

34
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web