• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

२० वर्षीया एक युवतीले जन्माइन् एकै पटक चार सन्तान

April 24th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
२० वर्षीया एक युवतीले जन्माइन् एकै पटक चार सन्तान

हेल्थ टुडे,
वीरगञ्ज,११ बैशाखः वीरगञ्जमा एक २० वर्षीया महिलाले एकै पटक चारजना शिशु जन्माएकी छन् । पर्साको छिपहरमाइ गाउँपालिका–४ जयमंगलापुरका सलीम गद्धीकी श्रीमती २० वर्षीया नजमा खातुनले ३ छोरी र १ छोरा गरी चारजना शिशुलाई जन्म दिएकी हुन्। वीरगन्ज हेल्थ केयर हस्पिटलमा मंगलबार दिउँसो १२ बजेर ४० मिनेटमा खातुनले ४ शिशु जन्माएकी हुन्। खातुनले जन्माएका चारैजना शीशुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

उपचारमा संलग्न चिकित्सकले दिएको जानकारी अनुसार खातुनले जन्म दिएका तीन छोरीको तौल क्रमश १ किलो ५ सय ग्राम, १ किलो र ८ सय ग्राम तथा छोराको तौल १ किलो २ सय ५० ग्राम रहेको छ । चारैजना शिशुको अवस्था सामान्य रहेपनि तौल कम भएकाले सबैलाई अस्पतालको एनआइसीयु कक्षमा राखिएको अस्पतालकी मेट्रोन भूमिका अधिकारीले जानकारी दिएकी छन् ।

सुत्केरी व्यथा लागेपछि खातुनलाई वीरगञ्ज लगायत सिमा नजिकै भारतका अस्पतालमा लगेपनि अस्पतालहरुले बिरामी भर्ना गर्न नमानेपछि खातुनका श्रीमान सलीमले वीरगन्ज हेल्थ केयर अस्पतालमा मंगलबार बिहान सात बजे भर्ना गरिएको जनाएका छन् ।

सामान्यता गर्भ रहेको ९ महिनामा शिशु जन्मिने गरेको भएपनि खातुनले सात महिना पनि नपुग्दै शिशु जन्मिएकाले उनीहरुको तौल कम रहेको अस्पतालको प्रसूति विभागकी चिकित्सक डा.स्वेता चौधरीले जानकारी दिइन् । डाक्टर चौधरीका अनुसार आमा खातुनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article तीन सातादेखि फैलिएको महामारीका कारण हुम्लामा मृत्यु हुनेको संख्या ९ पुग्यो,२ सय जना भन्दा बढी बिरामी
Next article महाकाली अञ्चल अस्पतालमा निःशुल्क औषधि वितरण बन्द

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 18th 7:59 AM
समाचार

स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133338
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

38
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web