• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सरकारी चिकित्सकले दिएको अल्टिमेटम आज सकिँदै, माग पुरा नभए पुनः आन्दोलन गर्ने चेतावनी

April 28th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सरकारी चिकित्सकले दिएको अल्टिमेटम आज सकिँदै, माग पुरा नभए पुनः आन्दोलन गर्ने चेतावनी

हेल्थ टुडे,
काठमाडौ,१५ बैशाखः कर्मचारी समायोजनप्रति असहमति राख्दै आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकहरुले आफ्ना माग सम्बोधन गर्न सरकारलाई दिएको १५ दिनको समयसिमा आज सकिँदै छ । आन्दोलनरत चिकित्सकका माग पुरा गर्न भन्दै सरकारले समय मागेपछि आन्दोलनरत चिकित्सकहरुले १५ दिनको समय दिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चैत ३० गते  भएको वार्तामा सरकारले वैशाख १५ गतेसम्मको समय माग गरेको थियो। उक्त वार्ता अनुसार सरकारी चिकित्सक संघ (गोदान)ले आन्दोलनका कार्यक्रम स्थगन गरेको थियो ।

तर,यो १५ दिनको अबधिमा स्वास्थ्य मन्त्रालय र चिकित्सकबीच औपचारिक छलफल समेत भएको छैन् । माग सम्बोधन बारे स्वास्थ्य मन्त्रालयले चिकित्सकका प्रतिनिधिलाई कुनैपनि जानकारी गराएका छैनन् । चिकित्सकहरुले आफुहरुका माग सम्बोधन नभए पुनःआन्दोलनमा जाने यसअघि नै चेतावनी दिईसकेका छन् । सरकारी चिकित्सक संघ (गोदान) ले माग पुरा नभए बैठक बसेर आन्दोलनका कार्यक्रम तय गर्ने जनाएको छ ।

चैत ३० गते भएको वार्तामा चिकित्सकको माग बमोजिम नै पुल दरबन्दीका विषयलाई कानुनी रुपमा ल्याउन सरकार सकारात्मक रहेको मन्त्रालयका प्रतिनिधीले जनाएका थिए । चिकित्सकहरुले संघीय संरचना अनुसार चिकित्सकलाई संघ अन्तर्गत राखेर विशेषज्ञताका आधारमा आवश्यकता अनुसार देशको जुनसुकै स्वास्थ्य संस्थामा खटाउन माग गरेका छन्।

सरकारले नवौं तहभन्दा माथिका डाक्टरलाई एक पुलमा र आठौं तहका मेडिकल अधिकृत विशेषज्ञ तहको अध्ययनका लागि आउने समयमा अर्को पुल दरबन्दीमा राख्ने तयारी गरेको स्रोतले जनाएको छ । तर,अहिलेसम्म सरकार तर्फबाट आधिकारीक धारणा नआएको चिकित्सकहरुको भनाई छ ।

आन्दोलनरत डाक्टसँग वार्ता गर्नेमा सरकारका तर्फबाट स्वास्थ्य मन्त्रालयका सचिव डा पुष्पा चौधरी र चन्द्रकुमार घिमिरे, सहसचिवहरु महेन्द्र श्रेष्ठ र जनार्दन गुरागाईं थिए। सचिव घिमिरे स्वास्थ्य मन्त्रालयबाट सरुवा भइसकेका छन्। आन्दोलनरत चिकित्सकका तर्फबाट सरकारी चिकित्सक संघका अध्यक्ष डा. दिपेन्द्र पाण्डे, उपाध्यक्ष डा. सुनिल पौडेल, महासचिव डा. रविन खड्का, नेपाल चिकित्सक संघका अध्यक्ष डा.मुक्ति श्रेष्ठ, निमित्त कोषाध्यक्ष डा. प्रकाश बुढाथोकी थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article तीन सातादेखि फैलिएको महामारीका कारण हुम्लामा मृत्यु हुनेको संख्या ९ पुग्यो,२ सय जना भन्दा बढी बिरामी
Next article उपचार गर्न बिरामी आफैं जेनेरेटर बोकेर आउँछन् अस्पताल ......

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133296
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

39
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

44
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web