• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 23rd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

८ देखि १२ कक्षामा अध्ययनरत ३९ प्रतिशत विद्यार्थी सुर्तीजन्य पदार्थको प्रयोगकर्ता

May 5th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
८ देखि १२ कक्षामा अध्ययनरत ३९ प्रतिशत विद्यार्थी सुर्तीजन्य पदार्थको प्रयोगकर्ता

हेल्थ टुडे,
काठमाडौ,बैशाखः काठमाडौ‌ महानगरपालिकाका होटल तथा लजमा सुर्तीजन्य पदार्थको प्रयोग बढ्दो छ। सरकारले सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन २०६८ ले ल्याए पनि कार्यान्वयन हुन नसक्दा यसको प्रयोग पछिल्ला समयमा बढ्दो क्रममा छ । काठमाडौँ महानगरपालिकाको शहरी स्वास्थ्य महाशाखाले यहाँका विभिन्न क्षेत्रमा गरेको अध्ययनमा होटल र लजमा ५४ प्रतिशत सुर्तीजन्य पदार्थको प्रयोग हुने गरेको पाइएको हो।

महाशाखाका प्रमुख नरेन्द्र बज्राचार्यले विगतमा यसको प्रयोग नियन्त्रण गर्ने प्रयास पनि सफल हुन नसकेको भन्दै होटल लजमा धेरै प्रयोग भइरहेको बताए। श्रेष्ठका अनुसार पहिलो नम्बरमा होटल र लजमा ५४ दशमलव ४ प्रतिशत र दोस्रोमा पसलमा २९ प्रतिशतले प्रयोग गर्ने गरेको छन्। सुर्तीजन्य पदार्थको प्रयोग स्वास्थ्य क्षेत्रमा समेत पाँच प्रतिशतले प्रयोग गर्ने गरेका छन्। सरकारी कार्यालयमा दुई दशमलव पाँच प्रतिशत, नीति कार्यालयमा सात, धार्मिक क्षेत्रमा दुई, बैंकमा चार दशमलव सात र बसपार्क तथा ट्राभल एजेन्सीमा दुई दशमलव दुई प्रतिशतले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेको अध्ययनमा पाइएको छ।

सबैभन्दा बढी भने १५ देखि ४० वर्ष उमेर समूहकाले प्रयोग गर्ने गरेको अध्ययनले देखाएको छ। पढाइको हिसाबले मूल्याङ्कन गर्दा आठदेखि १२ कक्षामा अध्ययन गर्नेले सबैभन्दा बढी ३९ दशमलव २ प्रतिशतले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेको छ । स्नातक तहका १४ प्रतिशत र साक्षर समूहका १३ दशमलव सात प्रतिशतले प्रयोग गर्ने गरेको पाइएको हो। सुर्तीजन्य पदार्थ प्रयोग गर्नेमा महिला २९ र पुरुष ७१ प्रतिशत रहेका छन्।

सरकारले यसको नियमन र नियन्त्रणका लागि २०६८ मा ऐन र नियमावली ल्याएको थियो भने २०७१ सालमा नियमन निर्देशिका र सोही साल प्याकेजिङ छपाई तथा दृश्यमा सावधानी निर्देशिका ल्याएको थियो। छपाई प्याकेजिङमा ऐन लागू भएको देखिए पनि प्रयोगमा भने रोकिएको छैन । विगतका वर्षमा सार्वजनिक ठाउँमा धूमपान गर्नेलाई जरिवाना लगाएर शुरु गरिएको अभियानसमेत त्यसै हराएर गएकाले अहिले जुनसुकै स्थानमा पनि प्रयोग हुने गरेको भन्दै काठमाडौँको स्वयम्भूस्थित सामुदायिक सेवा केन्द्रका अध्यक्ष अमित पाण्डेले नियमित कार्यक्रमको कमी भएको बताए।

मृत्युको सबैभन्दा ठूलो कारक नै सुर्तीजन्य पदार्यको प्रयोग भएको बताउँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले अब यसको नियन्त्रणका लागि सबैको सामूहिक प्रयास जरुरी रहेको बताए। नेपाल प्रहरीले काठमाडौँको ठूला सरकारी अस्पताल र १०० मिटर आसपासमा भने प्रयोग र बेचविखन नियत्रण गर्न लागेको छ। यही वैशाख २९ गतेबाटै अभियान थालिने महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताए।

धूमपान तथा सुर्तीजन्य पदार्थ सेवनले मानव जीवनको आर्थिक, सामाजिक र सांस्कृतिक क्रियाकलापमा समेत नकारात्मक असर पार्ने भएकाले यसलाई नियन्त्रण गरी सर्वसाधारण जनताको स्वास्थ्य, सुविधा र आर्थिक हितको अभिवृद्धि गर्न विसं २०६८ मा सरकारले ऐन ल्याएको थियो।
ऐनमा धूमपान वा सुर्ती सेवन गरे तुरुन्त रोक लगाउने र त्यसरी रोक लगाउँदा नमानेमा वा पटकपटक धूमपान वा सुर्तीसेवन गरेमा निजलाई त्यस्तो सार्वजनिकस्थलबाट बाहिर निकाल्ने वा रु १०० जरिवाना वा दुवै सजायको व्यवस्था छ। (रासस)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article तेस्रो राष्ट्रिय मिडवाइफ्री सम्मेलन बैशाख २१ र २२ गते काठमाडौमा हुने
Next article मुटु रोग लागेको छ कि छैन ? आफै यसरी थाहा पाउन सकिन्छ...

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 21st 4:19 PM
स्वास्थ्य विशेष

सुर्तीजन्य पदार्थ सेवन न्युनिकरणमा जाग्दैछन् स्थानिय सरकार

May 21st 4:04 PM
समाचार

विश्व स्वास्थ्य सम्मेलनमा स्वास्थ्यमन्त्रीले भने, स्वास्थ्यमा विश्वव्यापी सहकार्य आवश्यक

May 20th 7:50 AM
समाचार

सुर्ती नियन्त्रणमा उल्लेखनिय कार्य गरेवाफत डब्लूएचओद्वारा स्वास्थ्य मन्त्री पौडेल पुरस्कृत

May 19th 6:30 AM
समाचार

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन पास भएपछि सुदूरपश्चिमवासी खुशी

May 17th 3:56 AM
समाचार

अन्धोपन निवारणको क्षेत्रमा स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी

May 17th 3:28 AM
समाचार

फुड सप्लिमेन्ट खाद्य प्रविधि विभागले हेर्छ, कसैको हस्तक्षेप स्विकार्य छैन : कृषि मन्त्री

May 15th 4:13 PM
समाचार

मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने स्वास्थ्य मन्त्रालयको तयारी

May 8th 7:58 AM
समाचार

मेरो मिर्गौला फेल हुनुको कारण अत्यधिक पेन किलर हो : प्रधानमन्त्री ओली

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131526
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

20
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web