हेल्थ टुडे,
काठमाडौ,१५ जेठः कान्ति बाल अस्पतालले बच्चाको पिसाव सम्वन्धि बहिरंग सेवा (यूरो ओपिडी) सेवा सुरु भएको छ । पेडियाट्रिक सर्जन डा. विजय थापाको अगुवाईमा गत बैशाखको दोस्रो साता देखि यूरोलोजी सम्वन्धी स्पेशल ओपिडी सेवा सञ्चालनमा आएको हो ।
हरेक साता मंगलबार र शुक्रबार विहान ११ देखि १ बजेसम्म यो सेवा सञ्चालन भईरहेको छ । ‘बच्चाको सर्जरीमध्ये ४० प्रतिशत बिरामी यूरोलोजी सम्वन्धि नै हुने भएकाले यो सेवा शुरु गरिएको अस्पतालले जनाएको छ ।
ओपिडीमा अहिले दैनिक १५ देखि २० जनासम्म बालबालिकाहरु आउने गरेका छन् । कान्तिको मेडिसिन विभागले यसअघि नै मुटु, ग्यास्ट्रो, न्युरो, इन्डोक्राइनो लगायतको ओपिडी सेवा सुरु गरिसकेको छ ।
Leave a Reply