• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 1st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

यी हुन् ग्यास्ट्रिक हुने कारण र बच्ने उपाय

June 2nd, 2019 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यी हुन् ग्यास्ट्रिक हुने कारण र बच्ने उपाय

हेल्थ टुडे,
एजेन्सी,जेठः पेटमा हुने एकप्रकारको इन्फेक्सनलाई अम्लपित्त अर्थात् ग्यास्ट्राइटिस भनिन्छ । पेटमा एक किसिमको एसिड (अम्ल) उत्पादन हुन्छ, जसले खाना पचाउनेदेखि खानासँगै पेटमा गएका ब्याक्टेरियालाई मार्नेसम्मको काम गर्छ । यदि पेटमा अम्ल उत्पादन बढी भएमा त्यसले तन्तु जलाउँछ । जसलाई सामान्य भाषामा ग्यास्ट्रिक भएको भनिन्छ ।
यी हुन् ग्यास्ट्रिक हुने कारण
–ग्यास्ट्रिक हुनुको प्रमुख कारण खानपानमा गडबडी नै हो । जे पायो त्यही खाने, कहिले धेरै खाने वा खाना नै नखाने, बढी मसालेदार खाना खाने गर्नाले ग्यास्ट्रिक हुने गर्छ ।
– धेरै तारेको खानेकुरा खाने गर्नाले पनि ग्यास्ट्रिक हुने सम्भावना बढी हुन्छ ।
–फास्टफुड र जंकफुडको अत्यधिक सेवनबाट समेत ग्यास्ट्रिकको समस्या हुन्छ ।
–दीर्घरोगका लागि सेवन गरिने कतिपय औषधि पनि ग्यास्ट्रिकको कारक हुन सक्छ । खासगरी पेनकिलर बढी खाएमा ग्यास्ट्रिक हुन्छ ।
–सुर्तीजन्य पदार्थ, लागुपदार्थ र मदिरा सेवनका कारणसमेत ग्यास्ट्रिक हुन्छ ।
–कहिलेकाहीँ तनावका कारणले समेत यस्तो समस्या देखिन्छ । पेटको र खाद्यनलीको क्यान्सरले पनि ग्यास्ट्रिक हुने गर्छ ।
कसरी बच्ने त ?
–समयमा खाना खाने वा सन्तुलित आहार गर्ने हो भने ग्यास्ट्रिकबाट बच्न सकिन्छ ।
–यसबाहेक अत्यधिक चिल्लो, पिरो र अमिलो खानेकुरा नखाने अर्थात् साधारण खानाको सेवनले ग्यास्ट्रिक हुनबाट बचाउँछ ।
–रक्सी, चुरोटजस्ता पदार्थको सेवन नगर्ने र चिकित्सकको सल्लाहमा मात्र पेनकिलर खाने गर्नाले यसबाट बच्न सकिन्छ ।(एजेन्सीको सहयोगमा)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article गाउँपालिकाले आयोजना गरेको निःशुल्क आँखा शिविरमा ६ सय बढीले लिए सेवा
Next article २४५ ग्राम तौलमा जन्मेकी बालिका पाँच महिना पछि डिस्चार्ज

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133175
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web