• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 16th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

२४५ ग्राम तौलमा जन्मेकी बालिका पाँच महिना पछि डिस्चार्ज

June 2nd, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
२४५ ग्राम तौलमा जन्मेकी बालिका पाँच महिना पछि डिस्चार्ज

हेल्थ टुडे,
बीबीसी,१९ जेठः सबैभन्दा कम तौलमा जन्मेर बाँच्न सफल भएको कीर्तिमान राखेकी एक बालिका पाँच महिनाको उमेरमा अस्पतालबाट घर पुगेकी छन्। जन्मिँदा २४५ ग्राम तौल भएकी सेबी गर्भाधानको २३ हप्ता तीन दिनमा सन् २०१८ को डिसेम्बरमा जन्मेकी थिइन्। उक्त तौल एउटा ठूलो स्याउ बराबर हो ।

क्यालिफोर्नियाको सान डियगोस्थित सार्प मारी बिर्च अस्पलातका चिकित्सकहरूले सेबीको अभिभावकलाई उनी केही घण्टा मात्रै बाँच्ने बताएका थिए। तर पाँच महिनापछि मृत्युसँगको सङ्घर्षमा जितेकी उनी साढे दुई किलोको स्वस्थ बच्चाका रुपमा अस्पतालबाट डिस्चार्ज भएकी छन्।

सेबीलाई सेवा गरेकी एक नर्सले उनी बाँच्नु र घर फर्कनु चमत्कार भएको बताएकी छन्। टाइनियस्ट बेबिज् रजिस्टीले सेबी बाँच्न सफल संसारकै सबैभन्दा सानो बच्चा भएकी बताएको छ। यसअघि यो कीर्तिमान जर्मनीमा सन् २०१५ मा २५२ ग्रामको तौलमा जन्मेकी एक बालिकाको नाममा थियो। यसै वर्ष जापानमा २६८ ग्रामको तौलमा जन्मेको बच्चा भने सबैभन्दा सानो तौलको बाँच्न सफल बालक मानिन्छ।

सेबीको आमा छ महिनाको गर्भवती हुँदा आपत्‌कालीन अप्रेशन गरेर बच्चा निकालिएको थियो। उनलाई रक्तचापसम्बन्धी समस्या देखिएको थियो जसले उनको र गर्भमा रहेको बच्चा दुवैको ज्यान खतरामा थियो । अस्पतालले जारी गरेको भिडिओमा सेबीको आमाले उनको जन्म भएको दिन जीवनकै सबैभन्दा कहालीलाग्दो दिन भएको बताएकी छन्।

जन्मदा सेबी २४५ ग्राम तौल र नौ इञ्च लम्बाइकी थिइन् । बच्चाहरू प्रायः ३७ देखि ४२ हप्तामा जन्मिनछन् । चिकित्सकहरूले २८ हप्ताभन्दा अगाडि जन्मेका बच्चाहरू बाँच्ने सम्भावना लगभग शून्य हुने बताउँछन्। सेबी यति सानो थिइन् कि चिकित्सक वा नर्सको हत्केलामा अट्थिइन्। उनी बाँच्नुको कारण जन्मपछि कुनै पनि प्रकारको समस्या नदेखिनु भएको हुन सक्ने चिकित्सकहरूको अनुमान छ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यी हुन् ग्यास्ट्रिक हुने कारण र बच्ने उपाय
Next article नेपालमा उत्पादित औषधिको मूल्य १० प्रतिशतले बढ्ने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 14th 3:09 PM
समाचार

औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

Sep 14th 5:45 AM
समाचार

जलेर खरानी भएपछि ‘एनएचआरसी ’ मा शरणार्थी बन्यो स्वास्थ्य मन्त्रालय

Sep 8th 1:42 AM
समाचार

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विकास समितिको अध्यक्षमा डा. केशर ढकाल नियुक्त

Sep 8th 1:31 AM
समाचार

डा. पुकारको नेतत्वमा नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

Aug 27th 5:00 PM
समाचार

अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी मःमका सञ्चालकलाई दुई लाख जरिवाना

Aug 27th 4:50 PM
समाचार

वीरगञ्जमा झाडापखाला र हैजाका बिरामीको संख्या पाँच सय नाघ्यो, सयभन्दा बढीमा हैजा

Aug 22nd 4:30 PM
समाचार

जोखिममा परेका गर्भवती तथा सुत्केरीको शतप्रतिशत हवाई उद्धार गरिने

Aug 21st 8:55 AM
समाचार

सुदूरपश्चिमको धनगढीबाट सुरु भयो स्वर्णप्राशन थोपा अभियान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131846
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web