• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सुदूरपश्चिम प्रदेशमा अझै कुष्ठरोग निवारण भएनः प्रति दश हजार जनसङ्ख्यामा एक जना कुष्ठरोगी

June 5th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सुदूरपश्चिम प्रदेशमा अझै कुष्ठरोग निवारण भएनः प्रति दश हजार जनसङ्ख्यामा एक जना कुष्ठरोगी

हेल्थ टुडे,
धनगढी,२२ जेठः सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले कैलाली, कञ्चनपुर र अछाम जिल्लामा अझै कुष्ठरोग निवारण नभएको जनाएको छ ।
सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा प्रति १० हजार जनसङ्ख्यामा एक जना कुष्ठरोगी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको हो । नेपालमा कुष्ठरोग निवारण घोषणा भएको १० वर्ष पुगे पनि सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा कुष्ठरोगीको सङ्ख्या बढ्दै गरेको निर्देशनालयले जनाएको छ । आर्थिक वर्ष २०७३–७४ र २०७२–७३ मा प्रति १० हजार जनसङ्ख्यामा क्रमशः शून्य दशमलव ७ र शून्य दशमलव ६७ थियो भने गत वर्ष बढेर १.०५ कुष्ठरोगी भेटिएका छन् । गत आर्थिक वर्षमा प्रति १० हजारमा १७८ कुष्ठरोगी देखिएका छन् ।

कैलालीमा आर्थिक वर्ष २०७२–७३ र २०७३–७४ मा प्रति १० हजारमा क्रमशः शून्य दशमलव ९ र १ दशमलव ११ कुष्ठरोगी रहेका थिए । त्यस्तै, कञ्चनपुरमा गत आर्थिक वर्षमा प्रति १० हजारमा १.४४ कुष्ठरोगी भेटिएका छन् । २०७२–७३ देखि २०७३–७४ प्रति हजारमा क्रमशः शून्य दशमलव ८ र शून्य दशमलव ९४ कुष्ठरोगी रहेका थिए । गत आर्थिक वर्षमा अछाममा प्रति १० हजार जनसङ्ख्यामा १ दशमलव १८ कुष्ठरोगी भेटिएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायलले जनाएको छ । छ महीनायता मात्रै सुदूरपश्चिम प्रदेशमा ४० नयाँ कुष्ठरोगी भेटिएको सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा.गुणराज अवस्थीले जानकारी दिएका छन् ।

सरकारले २०६६ माघ ५ गते नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो । त्यतिबेला १२ जिल्लामा यो रोग निवारण भएको थिएन । अहिले भने १८ जिल्लामा कुष्ठरोगी भेटिएका छन् । कुष्ठरोगको उपचार गराउन स्वास्थ्य संस्थामा ढिलो गरी पुगेका करीब ३० हजार नेपाली कुष्ठरोगका कारण अपाङ्गता भएका छन् । देशभर कुष्ठरोगीको सङ्ख्या बढ्दै गएपछि सरकारले सन् २०२० सम्म देशका सबै जिल्लामा कुष्ठरोग निवारण गर्ने लक्ष्य लिएको छ ।

देशको संरचना परिवर्तनसँगै स्वास्थ्य क्षेत्रको संरचना फेरिएकाले काम गर्न गाह्रो भएको यस क्षेत्रमा कार्यरतहरुको भनाई छ । नेपाल सरकारको कुष्ठरोग निवारण नीति २०१६ ले बच्चामा हुने कुष्ठरोग र कुष्ठरोगका कारण हुने अपाङ्गता शून्यमा झार्ने र कुष्ठरोगको दर प्रति एक लाखमा झार्ने लक्ष्य लिएको छ । सुदूरपश्चिम स्वास्थ्य सेवा निर्देशनालयले कुष्ठरोगको उपचार निःशुल्क गर्नुका साथै नियमित औषधि सेवन गरी निको भएका बिरामीलाई रु एक हजार यातायात खर्च दिने गरेको छ । कुष्ठरोगीको शल्यक्रिया गर्नु परे निःशुल्क गरिने र शल्यक्रिया गरेका बिरामीलाई थप रु सात हजार सहयोग दिने गरेको सुदूरपश्चिम स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेशनल बाथ सेन्टरले मनायो  छैटौ बार्षिकोत्सव
Next article जिल्ला अस्पताल जाजरकोटको सेवा अब सफ्टवेयरमार्फत

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134421
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web