• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 21st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेशनल बाथ सेन्टरले मनायो  छैटौ बार्षिकोत्सव

June 5th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेशनल बाथ सेन्टरले मनायो  छैटौ बार्षिकोत्सव

हेल्थ टुडे,

काठमाडौं, २२ जेठ :  नेशनल बाथ सेन्टर रातोपुल छैटौ वर्षमा प्रवेश गरेको छ । सेन्टरले बुधबार  छैटौ बार्षिकोत्सवको आयोजना गरेको छ । बार्षिकोत्सव कार्यक्रममा शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बाथ रोगका क्षेत्रमा अझै गहन अध्ययन आवश्यक रहेको बताए । बाथ रोगका क्षेत्रमा पछिल्ला वर्ष नेशनल बाथरोग सेन्टरले उत्साहप्रद काम गरिरहेकोमा खुशी व्यक्त गर्दै मन्त्री पोखरेलले सेन्टरले उपचार सेवासँगै बाथ रोगका क्षेत्रमा अनुसन्धान र जनचेतनाको काम पनि संगै लैजानुपर्ने आवश्यकतामा जोड दिए । उनले भने, उपचार दिएर मात्र पुग्दैन । उपचारसँगै बाथरोगका क्षेत्रमा गहन अनुसन्धान र शिक्षाको पनि उत्तिकै खाचो छ । स्वास्थ्य क्षेत्रमा प्रसस्त जनशक्ति भए पनि उनीहरुले अनुसन्धानलाई महत्व नदिएकाले अनुसन्धानमा अहिले पनि विदेशीको भर पर्नु परिरहेको औल्याउदै पूर्व स्वास्थ्य मन्त्री समेत रहेका मन्त्री पोखरेलले जागिरे मन्स्थितिबाट माथि उठेर अनुसन्धानमा लाग्नु पर्ने सुझाव दिए ।

सेन्टरका वरिष्ठ बाथरोग विशेषज्ञ डा. विनित बैद्यले पछिल्लो एक दशकमा बाथ रोगको उपचारमा धेरै प्रगति भएको जानकारी दिदै सेन्टरले गुणस्तरीय सेवा प्रदान गरिरहेको बताए । सेन्टरका प्रवन्ध निर्देशक रोषन कक्षपतिले बाथ रोगको उपचारमा भरपर्दो उपचार केन्द्रका रुपमा सेन्टरलाई विकास गर्न लागिपरेको बताए । नेशनल बाथ सेन्टरले अहिले रातोपुलका अलावा जावलाखेल, टेखापुखु, पोखरा र झापामा समेत साखा खोलेर उपचार सेवा प्रदान गरिरहेको छ । कार्यक्रममा समाजसेवाका विभिन्न विधामा उल्लेखनिय कार्यगर्ने व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सुदूरपश्चिम प्रदेशमा अझै कुष्ठरोग निवारण भएनः प्रति दश हजार जनसङ्ख्यामा एक जना कुष्ठरोगी
Next article मेडिकल कलेज सञ्चालकद्वारा शुल्क बढाउन दबाब,सम्बन्धन खारेज गर्न निर्देशन दिने सांसदको चेतावनी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132128
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

32
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web