• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बिपी स्वास्थ्य प्रतिष्ठानका पूर्वउपकुलपतिसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

July 16th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बिपी स्वास्थ्य प्रतिष्ठानका पूर्वउपकुलपतिसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

हेल्थ टुडे,
धरान,३१ असारः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति बलभद्रप्रसाद दाससहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले उनीहरुबिरुद्ध अदालतमा १५ करोड ७७ लाखभन्दा माथिको बिगोसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

ठेकेदारसँग मिलेर महँगो दररेटको स्वास्थ्यसम्बन्धी सामग्री खरिद गरेको आरोपमा तत्कालीन उपकुलपति दाससहित आठजनाविरुद्ध अख्तियारले सोमबार विशेष अदालतमा बिगोसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो । उपकुलपति दाससहित अस्पतालका निर्देशक अरविन्दकुमार सिन्हा, तत्कालीन रजिस्ट्रार नन्दकुमार थापा र रजिस्ट्रार तुलबहादुर श्रेष्ठ, लेखा प्रमुख दिनेशराज दाहाल र डेपुटी मेनेजर अमित श्रीवास्तवविरुद्ध मुद्दा दायर भएको हो ।

उपकरण सप्लायर्स प्रोसिजन मेडिकल प्रालि र वायोमेड इन्टरनेसनल प्रालिका प्रोप्राइटर चेतन अग्रवाल र उपकरण सप्लायर्स सर्जिकेम डिस्ट्रिब्युटर्सका प्रोप्राइटर उमेश अग्रवालविरुद्धसमेत मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
आयोगले बोलपत्रसम्बन्धी कागजमा उल्लेखित प्राविधिक स्पेसिफिकेसन र सोही कागजमा संलग्न खरिद सम्झौताका सर्तअनुरूप बोलपत्र सारभूत रूपमा प्रभावग्राही भए वा नभएको स्पष्ट खुलाउनुपर्ने व्यवस्था उल्लंघन गरी भ्रष्टाचार गरेको जनाएको छ ।

आयोगले तत्कालीन उपकुलपति दासलाई चार करोड आठ लाख ९८ हजार १९ रुपैयाँ, तत्कालीन अस्पतालका निर्देशक सिन्हालाई तीन करोड ७५ लाख ३० हजार ६ सय १९, तत्कालीन रजिस्ट्रार थापालाई एक करोड ९६ लाख नौ हजार आठ सय ८० रुपैयाँ, रजिस्ट्रार श्रेष्ठलाई ५६ लाख ७७ हजार चार सय पाँच रुपैयाँ बिगोदाबी गरी मुद्दा दायर गरिएको छ ।

प्रतिष्ठानका लेखा प्रमुख दिनेशराज दाहाललाई दुई करोड ३४ लाख, ८१ हजार आठ सय १९ तथा डेपुटी मेनेजर अमित श्रीवास्तवसँग एक करोड ७४ लाख १६ हजार दुई सय रुपैयाँ बिगो लिइएको छ । उनीहरूलाई बिगो असुल गरी बिगोबराबर जरिवाना र तीन वर्षसम्म कैद सजाय माग गरिएको छ ।(नयाँ पत्रिका दैनिकबाट)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बाढी प्रभावित क्षेत्रमा सङ्क्रमणजन्य रोग फैलिएको छैनः स्वास्थ्य मन्त्रालय
Next article १० महिनादेखि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अध्यक्ष विहीन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134070
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

141
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

138
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web