हेल्थ टुडे,
मकवानपुर,१२ साउनः मकवानपुरमा क्षयरोगीको संख्या वर्षेनी बढ्दै गईरहेको छ । धुलो, धुवा, चुरोट, सुर्ति र मादक पदार्थ सेवनका कारण क्षयरोगीको संख्या वर्षेनी वढदै गइरहेको स्वास्थ्यकर्मीहरू बताएका छन् । क्षयरोगीको संख्या जुन अनुपातमा वृद्धि भएपनि डट्स प्रोग्रामका कारणले रोगीहरूको मृत्यु हुन भने रोकेको छ ।
आर्थिक वर्ष ०७५–०७६ मा मकवानपुरमा ६४५ जना क्षयरोगी फेला परेका छन । गत आर्थिक वर्षमा १०५ जना नयाँ क्षयरोगी फेला परेका थिए । चुरे क्षेत्रमा बस्ने अधिकांश वासिन्दा वालुवा चाल्ने र गिट्टी कुटने क्रममा उड्ने धुलोको कारण क्षयरोगी बनेको दाबी स्वास्थ्यकर्मीको छ । क्रसर उद्योगको धुलोको कारणले पनि नजिकै रहेको वस्तीका स्थानीयलाई यो रोग लाग्ने गरेको हो ।
मकवानपुरको साविकको मनहरी, हाडीखोला, बसामाडी, पदमपोखरी, चुरियामाई, हर्नामाडी, छतिवन, फापरवारी राईगाउ गाविस र हेटौडा उपमहानगरपालिको केही क्षेत्र क्षयरोगबाट बढी प्रभावित छ । मकवानपुरमा एक दर्जनभन्दा बढी वहुऔषधी प्रतिरोधी क्षयरोग (एमडिआर) का रोगीहरू पनि छन् । उनीहरूले स्वास्थ्य संस्थाबाट सेवा लिइरहेका छन । मकवानपुरका सवै स्वास्थ्य संस्थाबाट डट्स कार्यक्रम संचालन भईरहेको छ ।
Leave a Reply