• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 2nd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जाने

July 30th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जाने

हेल्थ टुडे,
काठमाडौ,१४ साउनः प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारको लागि आउँदो शनिबार सिंगापुर जाने भएका छन् । प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर जान लागेका निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली साता अघि तिलगंगा आँखा अस्पतालको कार्यक्रममा भाग लिएर फर्किएदेखि अस्वस्थ रहेको सचिवालयले जनाएको छ । शनिवार छाउनीस्थिति सैनिक अस्पतालमा गरिएको परीक्षणमा ओलीको शरीरमा चिनीको मात्रा तलमाथि भएको पाइएको थियो ।

प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंहले अहिले विशेषज्ञ डाक्टरको राय लिन प्रधानमन्त्री ओली सिंगापुर जान लागेको जानकारी दिईन् । उनका अनुसार पछिल्लो दुई वर्षयता विज्ञ डाक्टरहरुले प्रधानमन्त्री ओलीको ‘रिपोर्ट कार्ड’ हेरेका छैनन् । गत वर्ष दशैंको टीका लगाइदिने क्रममा संक्रमण भएपछि प्रधानमन्त्री ओली १२ कात्तिकमा मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएर पाँच दिन बसेका थिए ।

त्यसयता बेलाबेला फलोअपका लागि अस्पताल पुग्ने गरेका प्रधानमन्त्रीलाई निजी चिकित्सक दिव्या सिंहले नियमित चेकजाँच गर्दै आएकी छिन् । डाक्टर सिंहकाअनुसार प्रधानमन्त्री ओलीलाई कामको धपेडी धेरै छ । सिंगापुरमा प्रधानमन्त्री ओलीको होलबडी चेकअप हुने सिंहले जानकारी दिईन् । प्रधानमन्त्री ओलीको झण्डै १२ वर्ष पहिले भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसयता उनले निरन्तर औषधि खाइरहेका छन् । प्रत्यारोपण गरेका सबैले जीवनभर औषधि खानुपर्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article घुस सहित पक्राउ परेका जनस्वास्थ्य अधिकृत गुप्ताको अनुसन्धान जारी
Next article कर्णाली प्रदेश सरकारद्वारा क्यान्सरपीडित १२ जना बिरामीलाई आर्थिक सहयोग

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131639
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web