• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जाने

July 30th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जाने

हेल्थ टुडे,
काठमाडौ,१४ साउनः प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारको लागि आउँदो शनिबार सिंगापुर जाने भएका छन् । प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर जान लागेका निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली साता अघि तिलगंगा आँखा अस्पतालको कार्यक्रममा भाग लिएर फर्किएदेखि अस्वस्थ रहेको सचिवालयले जनाएको छ । शनिवार छाउनीस्थिति सैनिक अस्पतालमा गरिएको परीक्षणमा ओलीको शरीरमा चिनीको मात्रा तलमाथि भएको पाइएको थियो ।

प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंहले अहिले विशेषज्ञ डाक्टरको राय लिन प्रधानमन्त्री ओली सिंगापुर जान लागेको जानकारी दिईन् । उनका अनुसार पछिल्लो दुई वर्षयता विज्ञ डाक्टरहरुले प्रधानमन्त्री ओलीको ‘रिपोर्ट कार्ड’ हेरेका छैनन् । गत वर्ष दशैंको टीका लगाइदिने क्रममा संक्रमण भएपछि प्रधानमन्त्री ओली १२ कात्तिकमा मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएर पाँच दिन बसेका थिए ।

त्यसयता बेलाबेला फलोअपका लागि अस्पताल पुग्ने गरेका प्रधानमन्त्रीलाई निजी चिकित्सक दिव्या सिंहले नियमित चेकजाँच गर्दै आएकी छिन् । डाक्टर सिंहकाअनुसार प्रधानमन्त्री ओलीलाई कामको धपेडी धेरै छ । सिंगापुरमा प्रधानमन्त्री ओलीको होलबडी चेकअप हुने सिंहले जानकारी दिईन् । प्रधानमन्त्री ओलीको झण्डै १२ वर्ष पहिले भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसयता उनले निरन्तर औषधि खाइरहेका छन् । प्रत्यारोपण गरेका सबैले जीवनभर औषधि खानुपर्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कर्णाली प्रदेश सरकारद्वारा क्यान्सरपीडित १२ जना बिरामीलाई आर्थिक सहयोग
Next article घुस सहित पक्राउ परेका जनस्वास्थ्य अधिकृत गुप्ताको अनुसन्धान जारी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134422
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

33
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web