• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 10th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा श्रीकृष्ण गिरी

September 13th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा श्रीकृष्ण गिरी

हेल्थ टुडे,
काठमाडौ,२७ भदौः सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा श्रीकृष्ण गिरीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले प्राडा गिरीलाई नियुक्त गर्ने निर्णय गरेको हो । प्राडा गिरी हाल राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत छन्। उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पूर्व रेक्टर हुन् । चिकित्सा शिक्षा ऐन अनुसार शुल्क निर्धारण समितिको सदस्यका रुपमा समेत उनले काम गरेका छन्।

यसअघि २९ साउनमा बसेको सर्चकमिटिको बैठकले आयोगको उपाध्यक्षमा तीन जनाको नाम सिफारिस गर्ने निर्णय गरेको थियो । कमिटिले प्राडा गिरी सहित प्राडा सुरेन्द्र शेरचन, प्राडा शम्भुकुमारलाई सिफारिस गरेको थियो । शिक्षा मन्त्रालयले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा खुल्ला प्रतिस्पर्धाबाट छनौट गर्न दुई पटक विज्ञापन गरेको थियो । पछिल्लो पटक १ देखि १५ साउनको म्यादमा ११ जनाले दरखास्त हालेका थिए ।

दरखास्त हाल्नेहरुमा प्राडा श्रीकृष्ण गिरी, प्राडा पारशकुमार पोखरेल, प्राडा निलमणि उपाध्याय, प्राडा तरुण पौडेल, प्राडा यहुनचन्द्र सिवाकोटी र प्राडा रमेशप्रसाद सिंह रहेका छन् । त्यसैगरी प्राडा राजेन्द्रप्रसाद साह, प्राडा सुरेन्द्र शेरचन, प्राडा शम्भुकुमार पहारी, प्राडा प्रमोदकुमार सर्राफ र प्राडा जेएन पाण्डेय हिमालीको दरखास्त परेको थियो ।

ती मध्ये सर्राफ र हिमालीको दरखास्त रद्ध भएको थियो । समितिले २६ र २७ साउनमा दरखास्त हालेका ९ जनालाई प्रस्तुतिकरण सहित अन्तरवार्तामा सहभागि गराएको थियो । त्यसअघि आवेदन हालेका ६ जनाको आवेदन रद्ध गर्दै आयोगले दोस्रोपटक आवेदन मागेको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article काउन्सिलमा नर्सको नामदर्ता प्रमाणपत्र परीक्षा कात्तिक ३० गते तय
Next article प्रधानमन्त्री ओली सिंगापुरमा, आजैदेखि स्वास्थ्य परीक्षण गरिँदै

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134327
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web