• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नर्भिकको अत्याधुनिक भवन शिलान्यास, सबै प्रदेशमा विशिष्ट हस्पिटल निर्माण योजना

October 26th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नर्भिकको अत्याधुनिक भवन शिलान्यास, सबै प्रदेशमा विशिष्ट हस्पिटल निर्माण योजना

हेल्थ टुडे,

काठमाडौं, ८ कात्तिक : नर्भिक इन्टरनेसनल हस्पिटलले राष्ट्रलाई स्वास्थ्यसेवामा आत्मनिर्भर बनाउन ७ वटै प्रदेशका विशिष्ट हस्पिटलहरु निर्माण गर्ने योजना सार्वजनिक गरेको छ । स्वास्थ्यसेवालाई समयसापेक्ष बनाउँदै आधुनिकीकरणका माध्यमबाट साधनसम्पन्न तुल्याएर अन्तर्रा्ष्ट्रियस्तरको सेवा उपलब्ध गराउने उद्देश्यअनुरुप हस्पिटलले थापाथलीमा अत्याधुनिक नयाँ भवन निर्माणार्थ शुक्रबार अपराह्न भूमिपूजन तथा शिलान्यास गरेको छ । नयाँ भवनको निर्माणपश्चात् नर्भिक २०० शय्याको अत्याधुनिक सुविधासम्पन्न र पूर्वाधारयुक्त हस्पिटलका रुपमा विकसित हुनेछ । हस्पिटलको प्रस्तावित नयाँ भवन चिकित्सा फाँटका तेस्रो पुस्ताको अति विशिष्ट प्रविधि र साधन–सुविधाले सुसज्जित हुने र विश्वस्तरीय स्वास्थ्यसेवा पु¥याउन आवश्यक सबै आधुनिक साधन–सुविधा जडित हुनेछ ।

हस्पिटलका अध्यक्ष वसन्तकुमार चौधरीले अपराह्न विशेष समारोहका बीच नवीनतम हस्पिटल भवन निर्माणार्थ भूमिपूजन तथा शिलान्यास गरे । नयाँ भवनको प्रस्तावित निर्माण क्षेत्र १ लाख ५४ हजार ७ सय ७० दशमलव १ वर्ग्फिट हुने र भूमि÷जग्गाबाहेक परियोजनाको जम्मा लागत करिब दुई अर्ब रहेको बताइएको छ । अत्याधुनिक नयाँ भवन निर्माण परियोजना आगामी तीन वर्ष्भित्र सम्पन्न भइसक्नेछ । नयाँ भवनमा इमर्जेन्सी बेड २०, क्रिटिकल बेड ५६, जनरल बेड ४२, सेमिप्राइभेट बेड ३२, प्राइभेट बेड ३३, डिलक्स सुट्स १२, भिआभी सुट्स ४ र प्रेसिडेन्टल सुट १ बेड रहने अस्पतालले जनाएको छ ।

नेपाली चिकित्सा फाँटमै नवीनतम यस परियोजनाको डिजाइन नेपाली आर्किटेक्चर र परियोजना व्यवस्थापन कम्पनीमध्ये अग्रणी कम्पनी केज कन्सल्ट प्रालिले गरेको छ । निर्माण हुने नवीनतम भवनको आन्तरिक साज–सज्जाका सम्पूर्ण काम सिंगापुरको एक ख्यातिप्राप्त कम्पनीले गर्नेछ । ०५० काठमाडौंमा स्थापित नर्भिक इन्टरनेसनल हस्पिटल अन्तर्रा्ष्ट्रियस्तरको बहुआयामिक एवम् वहुवैशिष्ट्ययुक्त टेरटायरी केयर हस्पिटल हो । राष्ट्रकै उत्कृष्ट चिकित्सकीय विशेषज्ञहरु तथा अत्याधुनिक चिकित्सा प्रविधिको संयोजन गर्दै विश्वस्तरीय स्वास्थ्य सेवाप्रदायक संस्था बन्ने उद्देश्यमा अघि बढिरहेको अस्पतालले जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कोरियाले नेपालमा नेसनल हेल्थ इन्सुरेन्स सपोर्ट प्रोजेक्ट सञ्चालन गर्ने
Next article ‘मेरो पढाइका लागि बुवाको राजीनामा’

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134302
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web