• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 29th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

काठमाडौ उपत्यकामा रगत अभाव,बिरामी समस्यामा

October 31st, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
काठमाडौ उपत्यकामा रगत अभाव,बिरामी समस्यामा

हेल्थ टुडे,
काठमाडौ,१४ कात्तिकः काठमाडौ उपत्यकामा रगतको चरम अभाव भएको छ । रगत अभाव भएपछि बिरामी समस्यामा परेका छन् । रगत अभावको कारण मुख्यगरी दुर्घटना, रक्तश्राव, प्रसूति, मिर्गौला, थालसेमिया, हेमोफिलियाका बिरामीको उपचार समेत प्रभावित भएको छ ।

रेडक्रसको केन्द्रीय रक्तसञ्चार केन्द्रले पनि रगत अभाव भएको जनाएको छ । चाडबाड परेकोले रक्तदान कार्यक्रम हुन नसक्दा पर्याप्त रगत संकलन नभएपछि रगत अभाव भएको केन्द्रले जनाएको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा रगत अभाव देखिएको छ । उपत्यकामा हाल दैनिक दुई सय ५० पिन्ट रगत माग छ।

दसैं, तिहार, छठलगायतका चाडपर्वका कारण रक्तदान नहुँदा मौज्दातमा राखिएको रगत सकिन लागेको रेडक्रस रक्तसञ्चार केन्द्रले जनाएको छ । दसैअघि डेंगुको प्रकोप भएका बेला रगत उपयोग बढी भएकाले पनि अहिले अभाव देखिन थालेको केन्द्रको भनाई छ ।

आपत्कालीन अवस्थामा बाहेक अन्य बिरामीलाई रगत दिन नसकिने अवस्था रहेको रक्तसञ्चार केन्द्रले जनाएको छ । रगत अभाव भएपछि रेडक्रसले विभिन्न संघसंस्था र रक्तदाता समूहलाई दान गर्न आह्वान गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रधानमन्त्री ओलीको ग्रान्डी अस्पतालमा अल्ट्रा–फिल्ट्रेसनमार्फत रगत शुद्धीकरण गरियो
Next article प्रधानमन्त्री ओलीको दोस्रोपटक डायलासिस गर्ने तयारी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133165
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

33
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web