• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रधानमन्त्री ओलीको दोस्रोपटक डायलासिस गर्ने तयारी

October 31st, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रधानमन्त्री ओलीको दोस्रोपटक डायलासिस गर्ने तयारी

हेल्थ टुडे,

काठमाडौं,  कार्तिक १४ :  ग्रान्डी हस्पिटलमा बुधबार भर्ना भएका  प्रधानमन्त्री केपी ओलीको दोश्रो पटक डायलासिस गर्ने तयारी भइरहेको छ । प्रम ओलीको १२ वर्ष पहिले भारतको नयाँ दिल्लीस्थित एपोलो हस्पिटलमा मिर्गौला प्रत्यारोपण गराएको थियो ।  प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सकीय टोलीले दोस्रो पटक ग्रान्डीमा डायलाइसिस गर्ने तयारी सुरु गरेका छन । बुधबार गरेको डायलासिसले सोचे अनुसार काम नगरेपछि चिकित्सकहरुले दोश्रो पटक डायलासिस गर्ने तयारी गरेका हुन । उनलाई डायलासिस गरिएको र गर्न लागिएको कुरा गोप्य राख्ने प्रयास प्रमको सचिवालयले गरेको छ ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बिषयमा सबैतिरबाट चर्चा र चासो व्यक्ति हुन थालेपछि बुधबार साझ प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दीव्यासिंह र ग्राण्डी हस्पिटलका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले संयुक्त विज्ञप्ति जारी गर्दै ओलीको स्वास्थ्य अवस्था समान्य रहेको र बुधबार नभए बिहीबार अस्पतालबाट डिस्चार्ज गर्ने जनाएका थिए । उपचारमा संलग्न एक चिकित्सकका अनुसार प्रम ओलीको  रगतमा क्रियाटिनिनको स्तर निकै माथि रहेकाले एक पटक गरेको डाइलासिसले राम्ररी काम गर्न सकेको छैन । दुई पटक डाइलासिस गरेपछि डिस्चार्ज गर्ने वा केही दिन असपतालमै राखेर उपचार गर्ने बिषयमा निर्णय गरिने उपचारमा संलग्न चिकित्सकले बताएका छन ।

ती चिकित्सकले भने, एक हप्तामा दुई देखि तिन पटकसम्म पनि डाइलासिस गर्न सक्ने अवस्था आउन सक्छ । त्यो कुरा अहिले नै भन्न सकिन्न । प्रमको स्वास्थ्य उपचारका बिषयमा के गर्ने ? के नगर्ने ? सबै अधिकार डा. दीव्यालाई दिइएको छ । प्रम ओलीको रगतको कल्चरका लागि पठाइएको र त्यसको रिपोर्ट शनिबारसम्म मात्र आउने हस्पिटल स्रोतले जनाएको छ । गलत सूचना प्रवाह गरेको र स्वास्थ्य अवस्थाका बिषयमा सूचना लुकाइएको भन्दै डा. दीव्या र डा. पाण्डेको सर्वसाधारणले आलोचना गरेका छन ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जनशक्ति अभावले भरतपुर अस्पतालको आइसियू सेवा प्रभावित
Next article काठमाडौ उपत्यकामा रगत अभाव,बिरामी समस्यामा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

Aug 5th 9:16 AM
समाचार

बीएन्डबी अस्पतालकी नर्सिङ निर्देशक डा. रोजी विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिव नियुक्त

Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

Aug 4th 12:21 PM
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

Aug 3rd 1:44 PM
समाचार

स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

Aug 3rd 1:09 PM
समाचार

अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133855
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

130
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

121
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web