• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 22nd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

जनशक्ति अभावले भरतपुर अस्पतालको आइसियू सेवा प्रभावित

November 1st, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जनशक्ति अभावले भरतपुर अस्पतालको आइसियू सेवा प्रभावित

हेल्थ टुडे,
चितवन,१५ कात्तिकः जनशक्ति अभावले भरतपुर अस्पतालको आइसियू सेवा एक महिनादेखि बन्द भएको छ । २० बेडको आइसियू रहे पनि हाल १० बेड मात्र सञ्चालनमा रहेका अस्पताल प्रशासनले जनाएको छ । सरसफाइको बहाना बनाएर दसैँअघि नै अस्पतालले १० बेड आइसियू सञ्चालन बन्द गरेको थियो ।

आवश्यक डाक्टर र नर्स नहुँदा सबै आइसियू सेवा सुचारु गर्न नसकिएको अस्पतालले जनाएको छ । जनशक्ति अभावले उपचार सेवा दिन नसकेपछि अस्पतालले गम्भीर अवस्थाका कतिपय बिरामीलाई पनि साधारण बेडमै राखेर उपचार गराइरहेको छ  भने कतिपयलाई रिफर गरेर अन्य अस्पताल पठाउने गरेको छ ।

तर,अस्पतालका एक चिकित्सकले आइसियू बन्द गर्नुको अर्को कारण नियमित सरसफाइसमेत रहेको दावी गरे । तर, पूर्ण सरसफाइका लागि आइसियू कक्ष ३ दिन बन्द गरे पुग्छ । भएको जनशक्ति कोही पढ्न जाने, कोही व्यावहारिक कारणले छाड्ने गर्दा आइसियू बन्द हुनुको मुख्य कारण भएको अस्पतालले जनाएको छ ।

अस्पतालका आइसियू इन्चार्ज डा. प्रकाश खतिवडाले भने बिरामीको चाप कम भएकाले बन्द हुँदा खासै प्रभाव नपरेको दावी गरे । अति संवेदनशील मानिने आइसियू कक्षमा हरेक बेडका बिरामीको नियमित निगरानी राख्नुपर्ने हुन्छ ।

तर, यस्तो कामका लागि जम्मा दुईजना नर्स परिचालित छन् । उनीहरूले नै सबै बिरामीको हेरचाह गरिरहेका छन् । कर्मचारी व्यवस्थापन र सरसफाइ दुवै कारणले आइसियू बन्द भएकोले पुनः सञ्चालनका लागि छलफल भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रधानमन्त्री ओलीको दोस्रोपटक डायलासिस गर्ने तयारी
Next article औषधि र औषधिजन्य उपकरणमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको चरम ठगी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

Jun 12th 8:41 AM
समाचार

सुर्ती उद्योगको प्रभावमा परेर सुर्तीजन्य पदार्थमा बृद्धि भएन करको दर

Jun 11th 7:55 AM
समाचार

औषधीको मूल्य नीति सम्बन्धी प्रतिवेदन प्रति औषधि व्यवसायीको विरोध

Jun 10th 7:34 AM
समाचार

अब नेपालमै आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम संचालन हुने

Jun 9th 9:04 AM
समाचार

दश वर्षे आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा रणनीति मस्यौदामा छलफल

Jun 5th 8:11 AM
समाचार

निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी

Jun 4th 7:58 AM
समाचार

डा.केदार सुवेदीको नेतृत्वमा नेपाल भेटेरिनरी एशोसिएसनको नयाँ कार्यसमिति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131610
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web