• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 16th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

औषधि र औषधिजन्य उपकरणमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको चरम ठगी

November 1st, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
औषधि र औषधिजन्य उपकरणमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको चरम ठगी

हेल्थ टुडे,
काठमाडौ,१५ कात्तिकः काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले औषधि र औषधिजन्य उपकरणमा व्यापक ठगी गरेको पाइएको छ । केन्द्रबाट खरिद भएका औषधिमा खरिद मूल्यभन्दा ३ हजार ३ सय गुणासम्म बढी मूल्य लिएर बिक्री गरेको पाइएको छ । केन्द्रको फार्मेसीबाट औषधि र भल्बहरू खरिद मूल्यभन्दा २ हजार ७ सय गुणादेखि ३ हजार ३ सय गुणा बढीसम्ममा बिरामीलाई बिक्री गरी व्यापक ठगी गरेको पाइएको हो । बिरामीलाई सहुलियतमा औषधि उपलब्ध गराउनुपर्ने सरकारी नीतिविपरीत सो केन्द्रले अत्यधिक मूल्य लिएर खुलेआम ठगी गर्दै आएको हो ।

प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सर्तकता केन्द्रको छानबिन प्रतिवेदनले नै यस्तो तथ्य औंल्याएको छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा २ लाख ९३ हजार रुपैयाँ पर्ने पेरिमाउन्ट एडवार्ड नामक बायोलोजिकल भल्बलाई शिक्षण अस्पतालको मनमोहन कार्डियोलोजीमा सोही कम्पनीको भल्बलाई १ लाख १० हजार रुपैयाँ लिइँदै आइएको छ । यसरी हेर्दा भल्ब किन्नका लागि केन्द्रले एक लाख ८३ हजार रुपैयाँ बढी लिएको देखिएको छ ।

सप्लायर्स तथा फार्मेसीहरूको आपसी मिलोमतोमा मनोमानी ढंगले कम गुणस्तरीय उपकरणलाई बढी मूल्य लिई सप्लाई गरेको देखिएको छ । फार्मेसी सेवा निर्देशिका, २०७२ को दफा ९ मा ‘औषधि र औषधिजन्य पदार्थको बिक्री मूल्य निर्धारण गर्दा यसको खरिद मूल्यमा २० प्रतिशतमा नबढाइ बिक्री मूल्य निर्धारण गरिने’ उल्लेख छ । तर, यसरी बिक्री मूल्य निर्धारण गर्दा अधिकतम खुद्रा मूल्यभन्दा बढी हुनुहुँदैन ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा औषधि र भल्बमा खरिद मूल्यभन्दा २ हजार ७ सय गुणा बढीसम्म मनोमानी तरिकाले बिक्री मूल्य तोकी अर्बौं रुपैयाँ भ्रष्टाचार गरेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको थियो । राष्ट्रिय सतर्कता केन्द्रले फार्मेसी सेवा सञ्चालन निर्देशिका, २०७२ को दफा ९ को व्यवस्थाविपरीत भएको भन्दै केन्द्रलाई निर्देशिका संशोधन गरी सेवाग्राहीलाई मर्का नपर्ने गरी औषधिको मूल्य समायोजन गर्न निर्देशन दिएको छ । (राजधानी दैनिकबाट)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जनशक्ति अभावले भरतपुर अस्पतालको आइसियू सेवा प्रभावित
Next article भारतको राजधानी दिल्लीमा स्वास्थ्य संकटकाल घोषणा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 16th 10:06 AM
स्वास्थ्य विशेष

जनस्वास्थ्यमाथि धनस्वास्थ्यको दबदबा

Sep 16th 8:59 AM
समाचार

मन्त्री बनाउन होइन, आँखा जाँचका लागि प्रधानमन्त्री कार्की तिलगंगा

Sep 14th 3:09 PM
समाचार

औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

Sep 14th 5:45 AM
समाचार

जलेर खरानी भएपछि ‘एनएचआरसी ’ मा शरणार्थी बन्यो स्वास्थ्य मन्त्रालय

Sep 8th 1:42 AM
समाचार

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विकास समितिको अध्यक्षमा डा. केशर ढकाल नियुक्त

Sep 8th 1:31 AM
समाचार

डा. पुकारको नेतत्वमा नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

Aug 27th 5:00 PM
समाचार

अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी मःमका सञ्चालकलाई दुई लाख जरिवाना

Aug 27th 4:50 PM
समाचार

वीरगञ्जमा झाडापखाला र हैजाका बिरामीको संख्या पाँच सय नाघ्यो, सयभन्दा बढीमा हैजा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131846
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web