• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आरथ्रोस्कोपी शल्यक्रिया सेवा सुरु

November 24th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आरथ्रोस्कोपी शल्यक्रिया सेवा सुरु

हेल्थ टुडे,
जुम्ला,८ मंसिरः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शुक्रबारदेखि आरथ्रोस्कोपी (दुरबीनको सहायताले जोर्नीको नसा च्यापिएको) शल्यक्रिया सेवा सुरु भएको छ । हाडजोर्नी उपचारमा जटिल र महँगो मानिने यो सेवा अमेरिकी चिकित्सक माइक भ्यान एनरिउको सहयोगमा सुरु गरिएको प्रतिष्ठानले जनाएको छ । अन्य ठाउँमा चार÷पाँच लाखसम्म खर्च लाग्ने यो शल्यक्रिया सेवा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने करिब ४०÷५० हजार रुपैयाँमा पाइने अस्पतालले जनाएको छ ।
शुक्रबार चन्दननाथ नगरपालिका ६ छिनागाउँकी ४३ वर्षीया जानकी सुनारको घुडाँको जोर्नी र वडा नम्बर ३ बुढ्थापावाडाका ३० वर्षीय गोविन्द खत्रीको कुमको जोर्नीको शल्यक्रिया गरेर आरथ्रोस्कोपी शल्यक्रिया सेवा सुरुवात गरिएको हो । दुईवटा हाडजोर्नीको शल्यक्रिया हाडजोर्नी विभाग प्रमुख डा.मंगल रावलको नेतृत्वमा डा.धनबहादुर कार्की, डाक्टर पुजन रोकायाको टोलीले सम्पन्न गरेको हो । त्यसमा अमेरिकी डा.एनरियुको विशेष सहयोग थियो ।
डा.रावलले यतिवेला प्रतिष्ठानमा हाडजोर्नी सम्बन्धि अत्यन्त जटिल केशको उपचार गर्न उपकरण जनशक्ति र पूर्वाधार बनेको जानकारी दिए । २०६८ सालमा स्थापना भएको प्रतिष्ठानले एक दशकको अन्तरालमा क्रमशः आफ्नो गति अगाडि बढाई रहेको छ । प्रतिष्ठानमा एमआरआई बाहेक अरु सवै उपकरणको व्यवस्थापन भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
प्रतिष्ठानमा रोग निधात्मक सिटि स्क्यान, एक्सरे, भिडियो एक्सरे, इन्डोसकोपी, मुटुरोग एक्सरे कोलोस्कोपी, इसिजि र ल्याब प्रयोग सेवा उपलब्ध छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रधानमन्त्री ओलीको आईतबार चौथो पटक डायलासिस सम्पन्न
Next article चिकित्सा शिक्षा आयोगमा चार जना निर्देशक नियुक्त (जिम्मेवारीसहित)

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

Aug 5th 9:16 AM
समाचार

बीएन्डबी अस्पतालकी नर्सिङ निर्देशक डा. रोजी विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिव नियुक्त

Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133966
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

129
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

33
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

124
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web