हेल्थ टुडे,
काठमाडौं, २० साउन : बीएण्डबी की नर्सिङ निर्देशक प्रा.डा. रोजी श्रेष्ठलाई सरकारले विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिवमा नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले नर्सिङ विषयमा पिएचडी पर्ने पहिलो नर्सलाई अनुदान अयोगको सदस्यसचिव नियुक्त गरेको हो ।
तीन दशकभन्दा लामो अनुभव बोकेकी श्रेष्ठ पूर्वाञ्चल विश्वविद्यालयबाट नर्सिङमा प्राध्यापक हुने पनि पहिलो म पहिलो हुन । डा.श्रेष्ठले भारतको लुधियाना मेडिकल कलेजबाट नर्सिङमा स्नातकोत्तर गरेकी छिन् । त्रिभुवन विश्वविद्यालय चिकित्सा विज्ञान अध्ययन संस्थानबाट नर्सिङ विषयमा उनले विद्यावारिधि पूरा गरेकी हुन् । उनको विद्यावारिधि हृदय रोगीहरूको जीवनस्तरमा केन्द्रित छ ।
श्रेष्ठले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, थापाथली प्रसूति अस्पताल तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्टाफ नर्सदेखि वरिष्ठ नर्सिङ अधिकृतसम्मको जिम्मेवारी निर्वाह गरेकी छिन् । उनी सहायक प्राध्यापक, सहप्राध्यापक हुँदै प्राध्यापक भएकी हुन् । उनी स्वास्थ्य विज्ञान संकायका शिक्षकहरूको क्षमता विकास, अनुसन्धान प्रस्ताव लेखन, नेतृत्व विकास तथा नर्सिङ शिक्षाको गुणस्तर सुधारमा सक्रिय छिन् । आयोगको सदस्यसचिव भएपछि उनले उच्च शिक्षा सुधारमा योगदान दिने बताएकी छिन् ।







Leave a Reply