• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

जाडोमा दमको कहर

December 17th, 2019 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जाडोमा दमको कहर

डा. विवेक कक्षपती,
दम भनेको बारम्बार श्वास फेर्न गाह्रो हुने र छाती घ्यारघ्यार हुने अवस्था हो । दमको आक्रमण हुँदा, श्वास फेर्ने नलीका भित्ताहरू सुनिन्छन् जसले गर्दा फोक्सोमा रहेका हावाका नलीहरू साँघुरिन्छन् र फोक्सोले हावा लिने र फाल्ने क्रममा अवरोध आउँदछ ।
दमका रोगीहरूलाई विभिन्न कुराहरूबाट एलर्जी हुने सम्भावना हुन्छ जस्तैः धूलो, केही खाद्यवस्तुको धूलो, व्यायाम, चिसो हावा, धुवाँ, भित्तामा लगाउने रङ, चिन्ता र अन्य दम बढाउने वस्तु । कोही संवेदनशील व्यक्तिहरूलाई भाइरल संक्रमण र धूमपानले पनि लक्षणहरूलाई बढावा दिन्छ ।
यस रोगका लक्षणहरू निम्न प्रकारका छन् ः
समयसमयमा, गम्भीर र अचानक श्वास फेर्न गाह्रो हुनु र साथै छाती घ्यारघ्यार हुनु (असामान्य तरिकाले श्वास फेर्दा एक प्रकारको आवाज आउनु) ।
कहिले खकार आउने र कहिले नआउने गरी खोकी लाग्नु ।
दमका बिरामीहरूलाई विशेषगरी रातको समयमा गाह्रो हुने गर्दछ र त्यस्ता बिरामीहरू फोक्सोमा हावाको कमीले श्वास फेर्न गाह्रो भएर बिहान सबेरै उठ्ने गर्दछन् ।
कतिपय समयमा करङको बीचको छाती कोखा हान्ने, ओठ नीलो हुने र सुस्त हुने गर्दछ । यस्ता लक्षणहरू देखिएमा जति सक्दो चाँडो उपचारका लागि अस्पताल लानुपर्छ ।
हरेक बिरामीलाई भिन्नै किसिमको एलर्जी गराउने तत्वहरू हुन्छन् । दमको आक्रमण हुने बेलामा बाहेक अरु बेलामा बिरामी सामान्य नै हुने गर्दछ ।
बिरामीलाई एलर्जी हुनुको कारण कहिलेकाहीँ छाला जाँच गराएर पनि पत्ता लगाउने गरिन्छ तर प्रायःजसो ती कारक तत्वहरू पत्ता लगाउन गाह्रो हुन्छ । एलर्जीको कारण पत्ता लागेमा त्यो कारणबाट टाढा रहँदा दमको पुनः आक्रमणबाट बच्न सकिन्छ ।
सामान्य दम भएमा कम गर्न औषधिहरू दिइन्छ तर गम्भीर रूपमा दम भएको अवस्थामा भने पछि दमको अर्को आक्रमण हुन नदिने औषधिहरू पनि दिइन्छ ।
दम रोगको रोकथाम र व्यवस्थापन कसरी गर्न सक्नुहुन्छ ?
तपाईं दमको रोगी हुनुहुन्छ भने, यी लक्षणहरूलाई बढावा दिने खालका कारक तत्वहरूलाई पत्ता लगाई यसबाट बच्नुहोस् ।
तपाईं आफूलाई धुँवा, धूलो, कडा गन्ध, रङ, स्प्रे र केही खाद्यवस्तुबाट टाढा राख्नुहोस् ।
घरपालुवा जनावर जस्तैः बिरालो आदि नपाल्नुहोस् किनभने तिनीहरूको कपालले पनि तपाईंलाई एलर्जी हुन सक्छ र दम बढाउँछ ।
आफू पनि धूमपान नगर्नुहोस् साथै अरू जो धूमपान गर्छन, त्यस्तो व्यक्तिको नजिक पनि नबस्नुहोस् ।
मौसम परिवर्तन हुने बखतमा आफूलाई त्यस्ता मौसमबाट बच्न विशेष ध्यान दिनुहोस् ।
आफू जता गए पनि आफूले सेवन गर्नुपर्ने औषधि साथमा बोकेको कुरा सुनिश्चित गर्नुहोस् ।
यदि तपाईंमा देखिएका लक्षण गम्भीर छन् र औषधि सेवन गर्दा पनि नियन्त्रणमा नआएमा तुरुन्तै चिकित्सक कहाँ जानुहोस् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्यमा सर्वव्यापी पहुँचबारे प्रदेश २ मा बहस
Next article जाडो मौसम, छाला सुक्खा हुने समस्या र त्यसको समाधन

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133288
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

42
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

51
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web