• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

जित्ने दाबी सहित डा.लोचन कार्की नेतृत्वको लोकतान्त्रिक समूहले जारी गर्यो चुनावी घोषणा पत्र

December 20th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जित्ने दाबी सहित डा.लोचन कार्की नेतृत्वको लोकतान्त्रिक समूहले जारी गर्यो चुनावी घोषणा पत्र

हेल्थ टुडे,
काठमाडौं, ४ पुष : नेपाल चिकित्सक संघको आगामी निर्वाचनका लागि डा.लोचन कार्की नेतृत्वको लोकतान्त्रिक तथा पेसागत समूहले ५ बुदे प्रतिवद्धता सहित चुनावी घोषणापत्र जारी गरेको छ । राजधानीमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै डा.कार्की नेतृत्वको समूहले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको हो । चिकित्सकहरुको पेशागत सुरक्षा र वृतिविकाश, गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवा, राष्ट्रिय नीति, योजना निर्माणमा योगदान र अन्तर्राष्ट्रिय सम्बन्ध, सरकारी नीजि साझेदारी र संघको संस्थागत विकास तथा सांगठनिक पुनः संरचना पुरा गर्ने बाचा सहित ५ बुदे प्रतिवद्धता सहित समूहले घोषणापत्र जारी गरेको हो ।
घोषणापत्र सार्वजनिकिकरण कार्यक्रममा डा. कार्कीले संघको महासचिव भएर चिकित्सकहरुको पेसागत सुधारका लागि गर्नु पर्ने धेरै काम गरेको र केही काम गर्न बाकी रहेकाले ती काम पुरा गर्न आफ्नो नेतृत्वलाई आम चिकित्सकहरुले स्विकार्ने विश्वास व्यक्त गरे । उनले भने, ‘नेपाल चिकित्सक संघको महासचिव भएर तीन वर्ष काम गर्दा मैले आमचिकित्सक र चिकित्सा पेसाका समस्या चिनिसकेको छु । तिनीहरुमध्ये धेरै समस्या हल पनि भइसकेका छन । बाकी रहेका समस्या समाधान गर्न सक्षम रहेकाले सबै चिकित्सकहरुको सहयोगको उपेक्षा गरेको छु । ’
बिसं २००७ सालमा स्थापना भएको नेपाल चिकित्सक संघको गरिमा र छविलाई जोगाइराख्न आफू नेतृत्वको समूह सक्षम रहेको डा. कार्कीले बताए । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष सहित १३ सदस्यिय संघको नयाँ नेतृत्वका लागि लोकतान्त्रिक तथा पेशागत समूहले मात्र १३ वटै पदमा उम्मेदवारी दिएको जानकारी गराउदै आफ्नो टिम समावेशी, सक्षम र अनुभवी भएको दावी डा. कार्कीले गरे । चिकित्सक र स्वास्थ्य संस्थाहरुमाथि हुने आकर्मण गर्नेलाई बिना धरौटी कारवाही गर्नु पर्ने बिषयलाई मन्त्रीपरिषद्सम्म पुर्याउन सफल भएको, चिकित्सकहरुको सेवा र सुविधाको कुरा टुंगोसम्म पुर्याएको, नेपाल चिकित्सक संघको अन्तर्राष्ट्रिय सम्बन्ध सुधार, भवन निर्माण, युवा चिकित्सकहरुको दक्षता अभिवृदि लगायतका बिषयमा संघको वर्तमान नेतृत्वले सफलता पाएको संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले बताए । कार्यक्रममा महासचिवका उम्मेवदार डा. बद्री रिजालले महासचिवमा ४ जना उम्मेदवार भएकाले आफ्नो जित सहज भएको बताए । कार्यक्रममा वरिष्ठ उपाध्यक्षका उम्मेदवार डा. शिवप्रसाद श्रेष्ठ, कोषाध्यक्षका उम्मेदवार डा. प्रकाश बुढाथोकी, सदस्यका उम्मेदवार डा. विश्वराज दवाडी, डा. बिक्रान्त दाहाल, डा. रितेश थापा लगायतको उपस्थिति थियो ।
चिकित्सक संघको नयाँ नेतृत्वका लागि आउदो माघ ४ र ५ गते उपत्यका बाहिर र माघ १७ देखि २१ गतेसम्म उपत्यकामा निर्वाचन हुदैछ ।
निर्वाचनमा चिकित्सकहरु लोकतान्त्रिक समूह र प्रगतिशिल गरि मुख्य गरि दुई प्यानल चुनावी मैदानमा ओर्लिएका छन् । यसका अलावा महासहिव लगायत केही पदमा स्वतन्त्र उम्मेवदारी पनि परेको छ । लोकतान्त्रिक तथा पेशागत समूहले डा. कार्कीको नेतृत्वमा प्यानल घोषणा गरेको छ भने प्रगतिशिल समूहले डा. पुष्पमणी खरालको नेतृत्वमा प्यानल घोषणा गरेको छ । तर प्रगतिशिलले आफ्नो पुरै प्यानल घोषणा गर्न सकेको छैन । संघको १३ सदस्यिय नेतृत्वका लागि ३० जना चुनावी मैदानमा उत्रिएका छन । नेपाल मेडिकल काउन्सिलमा करिव २५ हजार चिकित्सक दर्ता छन । ती मध्ये ११ हजार नेपाल चिकित्सक संघको सदस्य छन । संघको इतिहासमा अहिलेसम्म लोकतान्त्रिक समूहले जित हासिल गर्दै आइरहेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article औषधि र फुडसप्लिमेन्ट फरक फरक चिज हुन
Next article डाक्टरहरु चुनावी दौडमा , पेशागत समावेशी चिकित्सक समूहको ८ बुदे प्रतिबद्घता

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132553
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web