• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डाक्टरहरु चुनावी दौडमा , पेशागत समावेशी चिकित्सक समूहको ८ बुदे प्रतिबद्घता

December 22nd, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डाक्टरहरु चुनावी दौडमा , पेशागत समावेशी चिकित्सक समूहको ८ बुदे प्रतिबद्घता

हेल्थ टुडे,
काठमाडौं, ६ पुष : नेपाल चिकित्सक संघको आउदो माघमा हुन गइरहेको निर्वाचनलाई ध्यानमा अहिले चिकित्सकहरु चुनावी दौडमा छन् । संघको नयाँ नेतृत्वका लागि अहिले मुख्य गरि नेपाली कांग्रेस निकट चिकित्सकहरु लोकतान्त्रिक समूह र नेकपा निकट चिकित्सकहरु पेशागत समावेशी समूह बनाएर प्रतिस्पर्धामा छन् । लोकतान्त्रिक समूहले आफ्नो ५ बुदे प्रतिबद्घता सार्वजनिक गरेको तीन दिनपछि आईतबार पेशागत समावेशी समूहले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि ८ बुदे प्रतिबद्घता घोषणा गरेको छ ।
प्रतिबद्घतापत्रमा पेशागत समावेशी समूहले सक्रिय नेतृत्व, चिकित्सक संघको सदस्यता वृद्धि, चिकित्सकको पेसागत सुरक्षा,विशेषज्ञ चिकित्सक उत्पादनमा जोड, पेशागत क्षमता अभिवृद्धि,गुणस्तरीय स्वास्थ्य, सरकारी स्वास्थ्य सेवामा सुधार र अनलाइन प्रणालीको विकास गरि ८ बुदालाई प्रमुखताका साथ अगाडि सारेका छ । पत्रकार सम्मेलनमा पेशागत समावेशी समूहबाट अध्यक्षका उम्मेदवार डा. पुष्पमणि खरालले नेपाल चिकित्सक संघको बिगतको नेतृत्वले चिकित्सकको हितका लागि आन्दोलन गर्ने गरेको भएपनि त्यसलाई टुंगोमा नपुर्याएर बिचमै तुहाउने काम गरेकोले आफ्नो नेतृत्वको समूहले जित हासिल गरे हरेक किसिमका आन्दोलनलाई टुंगोमा पुर्याउन् दाबी गरे । एकै किसिमको नेतृत्व लामो समयसम्म संघमा हावी भएकाले सदस्यता बढ्न नसकेको, स्वच्छाचारी प्रवृति बढेको, अनियमितता भएको डा. खरालले आरोप लगाए ।
डा. खरालले लगाएको आरोपको उनकै समूहबाट बरिष्ठ उपाध्यक्षकी उम्मेदवार डा. रक्षा श्रेष्ठले प्रतिवाद गरिन । नेपाल चिकित्सक संघको कोषाध्यक्ष रहेकी डा. रक्षाले संघमा कुनै अनियमितता नभएको दावी गरिन । उनले भनिन, ‘ संघमा मैले कुनै अनियमितता हुन दिएन । ’ डा. खरालले आफ्नो समूहमा बामपन्थी बिचारधाराका चिकित्सक मात्र नभएर मधेश, पहाड, हिमाल सबै क्षेत्र र वर्गको प्रतिनिधित्व भएकाले आफूहरुको समूह पेशागत भएको बताए । नेपालका चिकित्सकहरुको सेवा सुविधा र तलव सार्कका राष्ट्रहरुमध्ये सबैभन्दा कम भएकाले आफ्नो चुनावी एजेण्डा चिकित्सकको तलव वृद्धि रहेको जानकारी दिए । कार्यक्रममा उपाध्यक्षका उम्मेदवार डा. रन्जित कुमार झा, सदस्यका उम्मेदवार डा. राकेशकुमार साह लगायतले आआफ्नो भनाई राखेका थिए । पेशागत समावेशी समूहले डा. खरालको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा डा. रक्षा श्रेष्ठ, उपाध्यक्षमा डा. रन्जित कुमार झा, महासचिवमा डा. मधुर बस्नेत, कोषाध्यक्षमा डा. सञ्जितकुमार शाहलाई उम्मेदवार बनाएको छ ।
३ वर्ष कार्यकालका लागि अगामी माघ ४ र ५ गते उपत्यका बाहिर निर्वाचन हुने छ भने उपत्यकामा माघ १७ देखि २१ ग्तेसम्म निर्वाचन हुने छ । नेपाल चिकित्सक संघमा करिव १० हजार चिकित्सक सदस्य छन् । संघको इतिहासमा अहिलेसम्म नेपाली कांग्रेस निकट चिकित्सकहरुको समूह लोकतान्त्रिक समूह विजय हुदै आइरहेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जित्ने दाबी सहित डा.लोचन कार्की नेतृत्वको लोकतान्त्रिक समूहले जारी गर्यो चुनावी घोषणा पत्र
Next article डा.सन्दुक रुइतलाई दुई लाख रासीको सम्मान

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133309
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web