• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चिकित्साशिक्षा आयोगका उपाध्यक्ष डा. गिरीले २० करोड घुस मागेको दुर्गा प्रसाईंको आरोप

January 8th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिकित्साशिक्षा आयोगका उपाध्यक्ष डा. गिरीले २० करोड घुस मागेको दुर्गा प्रसाईंको आरोप

हेल्थ टुडे,
काठमाडौं, २३ पुस: सम्बन्धनको पर्खाइमा रहेको झापास्थित प्रस्तावित बी एन्ड सी मेडिकल कलेजका प्रमुख सञ्चालक दुर्गा प्रसाईंले मेडिकल कलेजको सम्बन्धन दिने सर्तमा चिकित्साशिक्षा आयोगका उपाध्यक्ष डा। श्रीकृष्ण गिरीले आफूलाई होटेलमा बोलाएर २० करोड घुस मागेको आरोप लगाएका छन । राजधानीमा पत्रकारसम्मेलन गर्दै प्रसाईले आफूलाई उपाध्यक्ष बनाउने पूर्व माओवादीका नेताहरु गिरिराजमणी पोखरेल र नारायणकाजी श्रेष्ठलाई दिनु पर्ने भएकाले उक्त रकम दिए मात्र सम्बन्धन दिन सकिने डा. गिरीले बताएको आरोप लगाएका हुन ।
यही मंसिर १५ गते आयोगमा मेडिकल कलेज सम्बन्धनको लागि आफू निवेदन दिन जाँदा डा. गिरीले निवेदन लिन अस्वीकार गरी त्यही दिन साझ गौशालास्थित द्वारिका होटलमा बोलाएर २० करोड घुस मागेको दावी प्रसाईको छ । आफूले यति ठूलो रकम दिन नसक्ने बताएपछि डा. गिरीले १० प्रतिशत सेयर झापामा रहेका आफ्नो आफन्तको नाममा नामसारी गरिदिए पनि सम्बन्धन पाउन सकिने बिकल्प दिएको प्रसाईले बताए । २० करोड वा १० प्रतिसत सेयर नदिए सम्बन्धन दिन नसक्ने डा. गिरीले बताए पछि कुरा नमिलेको प्रसाईको भनाई छ । पैसा दिन नसके आफ्नो सम्धीको नाममा मेडिकल कलेजको १० प्रतिशत सेयर नामसारी गरिदिन डा। गिरीले भनेको प्रसाईंले बताए । ‘गिरीले सम्धीको नाममा सेयर पास गरिदिए मात्र सम्बन्धन दिन्छु भने,’ प्रसाईंले भने ।
यस बिषयमा आफूले प्रचण्डलाई पनि जानकारी गराएको तर सम्बन्धनका बिषयमा कुरै अगाडि नबढेको उनले जानकारी दिए । चिकित्सा आयोगले मापदण्ड नबनाई चोरबाटोबाट पैसाको चलखेलका आधारमा सिटिइभिटीअन्तर्गत नर्सिड कलेजहरुको सम्बन्धन बाँडेको तर आफूलाई सम्बन्धन नदिएको भन्दै प्रसाईले दुःख व्यक्त गरे । केपी ओली नेतृत्वको सरकारले चिकित्सा शिक्षा बिधयेक पास गर्दा उपत्यका बाहिर मेडिकल कलेजलाई सम्बन्धन दिन पाइने व्यवस्था आफ्नै मेडिकल कलेजका लागि गरेको भए पनि डा. गिरीले मोटो रकम घुस मागेपछि आफू अलमलमा परेको प्रसाईको दुखेसो छ । बि एण्ड सी लगायतका व्यापारमुखी मेडिकल कलेजहरुलाई सम्बन्धन दिनु नहुने भन्दै डा. गोविन्द केसी पटक पटक अनसन बसेका थिए । पछिल्ला वर्ष प्रसाईले प्रधानमन्त्री ओली र प्रचण्डसंग हिमचिम बढाए पछि चिकित्सा शिक्षा बिधयेकमा यो कुरा समावेश गरिएको थियो । घुस मागेको बिषय डा. गिरीले भने अस्विकार गरेका छन् । कुनै प्रमाण विना आफूलाई बदनाम गर्न घुस मागेको आरोप लगाएको डा. गिरीको जिकिर छ । डा. गिरीले घुस मागेको प्रमाण देखाउन प्रसाईलाई चुनौति दिएका छन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article एक तिहाई महिलामा आङ खस्ने समस्या
Next article पहिलो पटक मनाइयो राष्ट्रिय गिजा स्वास्थ्य दिवस

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134355
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web