• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कुष्ठ प्रभावित भन्छन्, आत्मविश्वासले भेदभाव घट्यो

January 23rd, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कुष्ठ प्रभावित भन्छन्, आत्मविश्वासले भेदभाव घट्यो

हेल्थ टुडे,
रूपन्देही कञ्चन २ का २४ वर्षीय लोकमणि थारू कुष्ठ प्रभावित हुन् । उनका हात कुष्ठरोगका कारण समस्या छ । लुगाधुने, खाना बनाउने, सागपात काट्नेजस्ता काम गर्न सक्दैनन् । उनी १६ वर्षको हुँदा उनको हातका औंलामा समस्या देखियो । सुरुमा स्वास्थ्य संस्थामा गए पनि पत्ता नै लागेन । बल्ल चार वर्षपछि बुटबलमा पत्ता लाग्यो । स्कुल पढ्दा थाहा पाएपछि साथीहरूले खिसी गर्ने भन्ने डरले उनले कसैलाई पनि बताएनन् । एक मनले भन्थ्यो, कसैले थाहा पाएपछि भेदभाव गर्नेछन् । के गर्ने होला ? तर अर्को मनले भन्थ्यो, मैले के अन्याय गरेको छु र ? सुरुमा परिवारलाई पनि नबताएका लोकमणिले परिवारलाई आफ्नो समस्या बताए । धन्न उनको हात अंगभंग हुन पाएनन् । हातका औंला राम्ररी चल्दैनन् । उनी पञ्जा लगाउँछन् अधिकांश समय । दायाँ हातका औंलाबाहेक उनी ठीक छन् । अरू काम काम गर्न सक्छन् । भन्छन्, गाह्रो काम गर्न सक्दिनँ । अरू सबै ठीक छ । अहिले उनका श्रीमती र बच्चासँग जीवन निर्वाह गरिरहेका छन् । आत्मबल उच्च गरेकाले आफूलाई समाजले भेदभाव गर्न नपाएको उनी बताउँछन् । आत्मबलभन्दा ठूलो अरू कुनै शक्ति छैन, उनको ठम्याइँ छ ।
बुटबल बेलवासीकी सावित्री थारूको कथा भने फरक छ । सानैदेखि उनको दुवै हातका औंला कुष्ठरोगका कारण अंंगभंग भए । थुप्रै हस्पिटल गए पनि सही उपचार हुन नसकेकाले यो समस्या आएको उनी बताउँछिन् । चार वर्षको उमेरमा देखिएको समस्या १० वर्षकी हुन्जेलसम्म सही उपचार हुन नसकेकाले हातका सबै औंला गुमाउनु परेको उनको अनुभव छ । अन्तिममा पोखरामा रोग पत्ता लागेको र उपचार सम्भव भएको उनी बताउँछिन् । आमा र परिवारमा कुष्ठरोग भएको थाहा पाएपछि सबैले चिन्ता गरेको तर आफूलाई भने यो ठूलो समस्या नभएको जस्तो लागेको उनी बताउँछिन् । आमा रुनु हुन्थ्यो तर मलाई किन रुनु भएको होला जस्तो लाग्दथ्यो । आमाले अब तिमीले एक्लै जंगलमा बस्नुपर्छ भन्ने कुरा सुनाए पछि पनि आफू नडराएको सावित्रा सुनाउँछिन् । दिउँसो जंगलमा बसे पनि राति घरमा आइहाल्छु नि भन्दै आमालाई नि चकित पारिदिन्थे । यही आत्मबलका कारण २० वर्षको उमेरमा बिहे गरेको उनी सगर्व बताउँछिन् । दुई छोराकी आमा सावित्राले आफंै दुःख गरेर छोराहरूलाई एसएलसीसम्म पढाएको बताउँछिन् । हातका औंला अंगभंग भएकै कारण श्रीमान्ले छाडेर डिभोर्स दिएको उनले सुनाइन् । भनिन्, यस्तै हात देखेर विवाह गर्नुभयो । यस्तै हातका कारण श्रीमान्ले डिभोर्स गरेर छोडेर गए । श्रीमान्ले छोडेर गए पनि छोराहरूले आफूलाई माया गरेर हेरविचार गरिरहेको उनी बताउँछिन् । बुटवलको सुकुमबासी टोलमा बसोबास गर्ने सावित्रा उच्च आत्मबलकै कारण छोराहरू पढाउन सकेको र श्रीमान्ले छोडेर गए पनि सहज जीवन निर्वाह गरिरहेको बताउँछिन् । आत्मबलकै कारण समाजले भेदभाव गर्ने आँट नगरेको उनको अनुभव छ ।

नवलपरासी, सुनवल १२ का नारायाण चौधरीको कथा पनि फरक छैन । खुट्टामा समस्या देखिएपछि कसैले खुट्टा काट्नुपर्छ भन्न थाले त कोही कामै नलाग्ने भयौं भन्न थाले । तर आफूले हिम्मत नहारेकै कारण अहिलेसम्म बाँचेको उनको अनुभव छ । परिवारले भेदभाव नगरेपछि समाजले पनि गर्न आँट गर्दो रहनेछ, उनी भन्छन् । आत्मबलकै कारण कसैले पनि भेदभाव गर्ने आँट गरेनन् । अहिले त समाजमा रहेका कुष्ठ प्रभावित मिलेर शिवशक्ति स्वावलम्बन समूह बनाएर भेदभाव हटाउने अभियान नै सञ्चालन गरेको उनी बताउँछन । डामियन फाउन्डेसनले राजधानीमा हालै आयोजना गरेको कार्यक्रममा उनीहरूले आत्मविश्वासकै कारण भेदभाव घट्ने अनुभव सुनाएका हुन् । बेल्जियमकी राजकुमारी र राजकुमारको उपस्थितिमा आयोजना गरिएको कार्यक्रममा डामिन फाउन्डेसनका नेपाल कन्ट्री डाइरेक्टर डा. सुशील कोइराला फाउन्डेसनले पाँच वटा प्रदेशका १६ जिल्लामा कुष्ठरोग पत्ता लगाउने, उपचार सेवा प्रदान गर्ने, भेदभाव हटाउने र समाजमा पुनस्र्थापना गर्ने काम गरिरहेको बताए । नेपालबाट सन् २०१० मा कुष्ठरोग निवारण भएको तर उन्मूलन नभएको जानकारी दिँदै डा. कोइरालाले निवारणलाई उन्मूलन भएको बुझेर सरकार र गैरसरकारी संस्थाहरूबाट बजेट कटौती हुँदा समस्या देखिएको बताए । उनले भने, ‘राष्ट्रिय स्तरमा कुष्ठरोग निवारण भयो तर स्थानीय स्तरमा अझै निवारण हुन सकेको छैन । कुष्ठरोगलाई शून्यमा पु¥याउन सबैको सहकार्य हुनु आवश्यक छ ।’

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article खोड्पेको सिद्धेश्वर स्वास्थ्य चौकीको स्वास्थ्य मन्त्री ढकालले गरे उद्घाटन
Next article मानव अंग प्रत्यारोपण केन्द्रमा पाँचौ कलेजो प्रत्यारोपण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132504
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

37
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

34
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web