• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

औषधिको अभाव हुन नदिने औषधि उत्पादक संघको दाबी

March 6th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
औषधिको अभाव हुन नदिने औषधि उत्पादक संघको दाबी

हेल्थ टुडे,
काठमाडौं, २३ फागुन : नेपाल औषधि उत्पादक संघले कोरोना भाइरसको संत्रासका कारण नेपालमा औषधिको अभाव हुन नदिने प्रतिवद्दता व्यक्त गरेको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरि संघले औषधि कम्पनीहरुसंग ३ महिनाका लागि कच्चा पदार्थ मौज्याद रहेको र ३ महिना पुग्ने औषधि बजारमा रहेकाले कम्तिमा पनि ६ महिनासम्म औषधिको अभाव नहुने दावी गरेको हो । नेपाल औषधि उत्पादक संघका अध्यक्ष जी. नारायणबहादु क्षेत्रीले कोरोना भाइरसको बढ्दो संक्रमणका कारण नेपालमा उत्पादन हुने कुनै पनि औषधिको अभाव हुन नदिने बताए । उनले भने, ‘चार वर्ष पहिले गएको विनासकारी भूकम्प र भारतले गरेको नाकाबन्दीका बेला समेत हामीले औषधिको अभाव हुन दिएका थिएन । अहिले पनि कोरोना भाइरसका कारण असहज परिस्थिति आए पनि औषधिको अभाव हुने दिने छैनौ ।’
बढीजसो औषधिको कच्चा पदार्थ भारत र चीनबाट आयात हुदै आइरहेको बताउदै त्यहाँबाट ल्याउन असहज भए बंगालादेश लगायतका अन्य देशबाट कच्चा पदार्थ आयात गरेर पनि औषधि उत्पादन गरेर अभाव हुन नदिने दावी संघका अध्यक्ष क्षेत्रीले गरे । कोरोना भाइरसको संक्रमण भारतमा पनि देखिएपछि २६ प्रकारका कच्चा पदार्थमा रोक लगाएपछि भारत सरकारसंग वार्ता गर्न सरकारले उच्च स्तरीय संयत्र बनाएको जानकारी आएको तर यस बिषयमा औषधि उत्पादक संघलाई संलग्न नगराएको र सल्लाह नलिएकोमा अध्यक्ष क्षेत्रीको आपत्ति जनाए । बेला बेलामा यस्तै अवस्था आउने भएकाले औषधिमा देशलाई आत्मनिर्भर बनाउने संघको जायज मागलाई सरकारले आलटाल गर्दै आएको क्षेत्रीले गुनासो गरे । कोरोना भाइरसको त्रासका कारण औषधिको मूल्य नबढ्ने क्षेत्रीले बताए ।
संघका पूर्व अध्यक्ष एवं नेपाल फर्मास्यिूटिकल्सका कार्यकारी निर्देशक महेश गोर्खालीले भने कच्चा पदार्थको मूल्य नै बढेर आएको अवस्थामा औषधिको मूल्य पनि बढ्न सक्ने बताए । पत्रकार सम्मेलनमा संघका पूर्व अध्यक्ष दीपक दाहालले बजारमा सिटामोलको कृतिम अभाव सिर्जना गर्न खोज्नु आपत्तिजनक भएको बताउदै एक महिना अगाडि मात्र ३८ मेट्रिक टन कच्चा पदार्थ आपूर्ति भएकाले कम्तिमा पनि ४ महिना सिटामोलको अभाव नहुने दावी गरे । संघका महासचिव विप्लप अधिकारीले सरकारले आपतका बेला विदेशी कम्पनीहरुसँग औषधिका लागि अनुनय बिनय गर्नु भन्दा स्वदेशी औषधि उद्योगलाई बढावा दिन सकेमात्र देशलाई औषधिमा आत्मनिर्भर बनाउन सकिने बताए । संघका अनुसार नेपालमा अहिले ६२ वटा औषधि कम्पनीले औषधि उत्पादन गरिरहेका छन् । अहिले नेपालमा खपत हुने औषधिको ४५ प्रतिसत हिस्सा नेपाली औषधिले ओगटेको छ । औषधि उत्पादकहरुका अनुसार सरकारले सहयोग गर्ने हो भने अहिलेको अवस्थामा ७५ प्रतिसत औषधि उत्पादन गर्ने क्षमता स्वदेशी औषधि कम्पनीहरुसँग छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कसरी नाप्ने रक्तचाप ?
Next article अंग प्रत्यारोपण अनुमती पाएका अस्पतालबिच समुन्वय अभावले ‘ब्रेन डेथ’ प्रत्यारोपण सुस्त

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132859
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web