• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ड्युटी सकेर फर्कदै गरेका त्रिवि शिक्षण अस्पतालका डाक्टरमाथि प्रहरीको कुटपिट

April 16th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ड्युटी सकेर फर्कदै गरेका त्रिवि शिक्षण अस्पतालका डाक्टरमाथि प्रहरीको कुटपिट

हेल्थ टुडे,
काठमाडौं, ४ चैत : ड्युटी सकेर फर्कदै गरेका त्रिवि शिक्षण अस्पतालका डाक्टरमाथि प्रहरीले कुटपिट गरेको छ । लकडाउनका बेला अस्पतालबाट ड्युटी सकेर डेरातर्फ जाने क्रममा तीनजना चिकित्सकहरुमाथि प्रहरीले जानाजान कुटपिट गरेका हुन ।
अस्पताल परिसरबाट कान्ति अस्पताल हुँदै डेरामा जाने क्रममा प्रहरीले कुटपिट गरेको डाक्टरहरुले बताएका छन । डेरा नजिकै पुग्न लागेको बेलामा भ्यानमा आएका प्रहरीले सोधपुछ गरेको र अस्पतालबाट ड्युटी सकेर डेरा फर्कन लागेका डाक्टर हौ भनेर परिचय दिँदा प्रहरीले लाठीले डाक्टर साक्टर चिन्दैन भन्दै लाठी चार्ज गरेको डाक्टरहरु बताउँछन ।
प्रहरीले डा.शम्भु खनाल, डा.तेजप्रकाश साह र डा. विकास शाहमाथि आक्रमण गरेको हो । प्रहरीले लाठीले प्रहार गर्दा डा.तेजप्रकाश साहको ढाड र हातमा चोट लागेको छ । चोटपछि उनको अस्पतालमा एक्सरे गरिएको छ । एक्सरे क्रममा भाँचिएको अवस्था भने देखिएन तर सुन्निएको र रातो दाग रहेको डाक्टर खनालले जानकारी दिए ।
तर महारागञ्जका डिएसपी उमेश लम्साल भने डाक्टरलाई नकुटिएको दाबी गरेका छन । डिएसपी लम्सालले भने, ‘हामीले डाक्टरलाई कुटेका होइनौ । ’
तर उनले उनीहरुलाई लखटेको भने स्विकार गरे । लम्सालले भने, ‘उहाँहरुलाई लखेटेको चाहिँ हो । तर उहाँहरु डाक्टर हो भन्ने थाहा भएन ।’ लठ्ठीको चोट भएको बिषयमा उनले घरभित्र छिर्ने बेलामा ढोका सानो भएकाले चोट लागको हुनसक्ने बताएर आफ्नो गल्ती ढोकछोप गरेका छन । चिकित्सक संघ लगायतका संस्थाहरुले घटनाको विरोध गर्दै कुटपिटमा संलग्न प्रहरीमाथि कारवाही हुनु पर्ने माग गरेका छन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चीनको पक्ष लिएको आरोप लगाउदै अमेरिकाले डब्लुएचओलाई दिँदै आएको आर्थिक सहयोग रोक्यो
Next article टिचिङका डाक्टरहरुमाथि कुटपिट गर्ने महाराजगञ्ज प्रहरी वृतका डिएसपी लम्साल जिम्मेवारीबाट हटाइए, अन्य प्रहरीलाई पनि कारवाही

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132553
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web