• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 7th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

उदयपुरमा मात्र २ हजार भन्दा बढीको पिसिआर परिक्षण गरिने

April 24th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
उदयपुरमा मात्र २ हजार भन्दा बढीको पिसिआर परिक्षण गरिने

हेल्थ टुडे,
काठमाडौं, १२ बैसाख : पछिल्ला दुई हप्तामा उदयपुरको भुल्केका २८ जनामा कोरोना संक्रमण देखिएपछि यहाँका र सदरमुकाम गाईघाट बजार क्षेत्रका वासिन्दाको गरि दुई हजार भन्दा बढीको पिसिआर विधिबाट नमुना परिक्षण गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा उदयपुरका शंकास्पद दुई हजारभन्दा बढीको पिसिआरबाट कोरोनाको नमुना परिक्षण गर्न लागिएको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले जानकारी दिए । केन्द्र सरकारले पनि उदयपुरलाई जोखिममा राखेको र दिनप्रतिदिन नयाँ केसहरु देखिन थालेपछि बढी से बढीको परिक्षण गर्न लागिएको उनले बताए । सुरुमा दुई सय ५० जनाको परिक्षण गरिने र त्यसको नतिजा आएपछि थप दुई हजार जनाको परिक्षण गर्ने गरि काम अगाडि बढाइएको मेयर चौधरीले जानकारी दिए । भुल्के बाहेक सदरमुकाम गाईघाट बजार क्षेत्रका वासिन्दाको पनि परिक्षण गरिने छ ।
२८ जनामा संक्रमण देखिएको भुल्के गाईघाट बजारबाट ३ किलोमिटर दूरीमा पर्छ । संक्रमितहरुले गाईघाट बजार आवतजावत गरेको थाहा भएकाले गाईघाटका बासिन्दालाई पनि जोखिममा राखेर परिक्षणको दर बढाइएको मेयर चौधरीको भनाई छ । गत हप्ता भुल्केको एक मस्जिदमा रहेका १६ जनामध्ये १२ जनालाई कोरोना संक्रमण देखिएको थियो । त्यसको भोलीपल्ट थप चार जनामा पनि संक्रमण पुष्टि भएको थियो । त्यसपछि समुदायस्तरमा पनि फैलिएको हुनसक्ने भन्दै झन्डै साढे ४ सयको परीक्षण गर्दा थप १२ जनामा संक्रमण देखिएको छ । संक्रमित भन्दा आधा भन्दा बढी भारतिय नागरिक छन् । संक्रमित सबैको विराटनगरस्थित कोराना विशेष अस्पतालमा राखेर उपचार भइरहको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख बिशेषज्ञ डा. रोशन पोखरेले मन्त्रालयले उच्च जोखिम देखिएको उदयपुरलाई प्राथमिकतामा राखेर खोजपड्ताल र परिक्षणलाई प्राथमिता दिएर काम गरिरहेको बताएका छन । नेपालमा सबै भन्दा बढी संक्रमित देखिएको जिल्ला उदयपुर हो । अहिलेसम्म देखिएका ४८ जना संक्रमित मध्ये २८ जना उदयपुरका छन । ४८ जना मध्ये १० जना निको भएर घर फर्किसकेका छन । सरकारले अहिलेसम्म करिब ४४ हजारको कोरोना परिक्षण गरिसकेको जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कैलालीको गौरीगंगाका २८३ को आरडिटी गर्दा कोरोना नेगेटिभ
Next article बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा खटाएका डाक्टर जान मानेनन्

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 5th 8:11 AM
समाचार

निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी

Jun 4th 7:58 AM
समाचार

डा.केदार सुवेदीको नेतृत्वमा नेपाल भेटेरिनरी एशोसिएसनको नयाँ कार्यसमिति

Jun 4th 7:32 AM
समाचार

चिकित्सक संघ, रोटरी क्लव र डब्लूएचओको पहलमा सर्पदंश रोकथाम सम्वन्धी कार्यशाला सम्पन्न

Jun 3rd 12:24 PM
समाचार

विश्व ब्रेन ट्युमर दिवसका अवसरमा नर्भिकले निःशुल्क ओपीडी सञ्चालन गर्ने

Jun 3rd 12:13 PM
समाचार

मेड आईक्यूले ल्यायो ‘हस्पिटल अपरेटिङ सिस्टम’ नामक आधुनिक सफ्टवेयर

Jun 1st 9:20 AM
समाचार

नेपाल र किम्स अस्पतालबीच स्वास्थ्य सेवामा सीप र क्षमता अभिवृद्धिका लागि सहकार्य

May 31st 5:22 PM
समाचार

अनलाईन खवरका स्वास्थ्य पत्रकार चौलागाई सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:14 PM
समाचार

हेल्थ टिभीअनलाइनकी सम्पादक आचार्य सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131565
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

14
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web