• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 4th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

नियमित साईकल चलाउनु स्वास्थ्यकालागि फाइदै फाइदा

May 5th, 2020 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नियमित साईकल चलाउनु स्वास्थ्यकालागि फाइदै फाइदा


मिलनकुमार पौडेल,

साईकल नेपाली युवापुस्तामा निक्कै लोकप्रिय बन्दै गईरहेको छ । साईकल यातायातको भरपर्दो साधन पनि हो । साईकलमा अरु सवारी साधनमा जस्तो ईन्जिन जडान गरिएको हुदैन । यो शरिरको बलले नै चल्ने गर्दछ । साईकल चलाउँदा मानिसका प्राय सबै अगंहरु चल्दछन् । साईकलले मानिसलाई तन्दुरुस्त राख्नुको साथै शारीरिक रुपमा मजबुद पनि बनाउन सहयोग गर्छ ।
साईकल वातावरण मैत्री हुन्छ । यसले अलिकति पनि वातावरण प्रदुषण गर्दैन । यो कम खर्चिलो साथै किफायती पनि छ । पछिल्लो समयमा वातावरण मैत्री ब्याट्री सहितका साईकल पनि आएका छन् । अहिले अभिभावकहरु प्नि आफ्नो तथा बालबालिकाको स्वास्थ्यप्रति निक्कै चनाखो भएको पाईन्छ । आफु साईकल चलाउँदा आफ्ना बालबालिकालाई समेत संगसंगै साईकल चलाउँन लगाएको देख्न पाईन्छ ।
कुनै एक समय थियो, जुनबेला साईकललाई नेपाली समाजमा वर्गसंग तुलना गरेर हेर्ने गरिन्थ्यो । समयसंगै सोचमा पनि परिवर्तन आउँदै गयो । पहिलापहिला बाध्यता जस्तै लाग्ने साईकल हिजो आज एउटा रहर र अभियानकै रुपमा चलाउन थालिएको छ ।

स्वास्थ्य सम्बन्धी विभिन्न सचेतना ¥यालीहरुमा साइकल समूहले सघाउदै आएका छन् । देशको पर्यटन प्रर्वधन तथा सचेतना फैलाउन विभिन्न साईकल समूह गठन गरी सामाजिक कार्यमा समेत उत्पे्ररणा बढाउदै आएका छन् । यसले मनिसको स्वास्थ्यलाई निक्कै फाईदा पुर्याएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार स्वास्थ्यका लागि साइकल चलाउनु जति राम्रो अरु कुनै शारिरीक अभ्यास नै छैन । साइकिल चलाउदा सरिरका सम्पूर्ण अंगको समान रुपमा अभ्यास हुने भएकाले मुटु रोग, मोटोपना, मधुमेह, उच्चरक्तचाप लगायतका थुप्रै रोगबाट बच्न पनि साइकिल चलाउनु उपयोगी हुने डा. रेग्मीको सुझाव छ । विभिन्न अध्ययनहरुले नियमित साइकिल चलाउनेहरुमा उच्च रक्तचाप र मुटुरोगको संभावना कम हुने देखाएको डा. रेग्मीको कथन छ ।


नियमित साईकिल चलाउदा के के फाइदा हुन्छ त ?

१. मुटु स्वास्थ्य राख्न सहयोग गर्छ ।
२. शरिरका मांशपेशीहरु मजबुत बनाउँछ ।
३. ब्लड प्रेसर र डाईबेटिज हुनबाट बचाँउछ ।
४. शरिरमा भएको अनावश्यक बोसोलाई घटाउँछ ।
५. घुडा तथा जोर्नीहरुलाई मजबुत बनाउँछ ।
६. तनाव कम गराउँछ र मानसिक स्वास्थ्यलाई निक्कै फाईदा पु¥याउँछ ।

७. निन्द्रा राम्रोसंग लाग्छ । अनिद्राबाट बचाउँछ ।
८. साईकलले मानिसको फोक्सोलाई मजबुत बनाउँछ ।
९. शरिरमा रहेको कोलस्ट्रोल घटाउन सहयोग गर्छ ।
१०. क्यान्सर रोग प्रतिरोध क्षमता बढाउँन सहयोग गर्छ ।
११. नियमित साईकल चलाउँदा स्मरण शक्ति पनि बढाउँछ ।
१२. शरिरको छालालाई विभिन्न हानिकारक किरणहरुबाट बचाई सधै युवा अवस्थामा जस्तो तन्नेरी बनाउँछ ।
१३. ध्वनि प्रदुषणबाट जोगाउँछ ।
१४. अनावश्यक रुपमा हुने ट्राफिक जामकम गराउँछ ।
१५. पाचन शक्तिमा उल्लेख्य सुधार ल्याउँछ ।
साईकलका माध्यबाट साहसिक खेलकुद पर्यटन प्रर्वधनगर्दै देशमा आर्थिक संमृद्धिका माध्यमबाट स्वस्थ्य नागरिक बनाउन सकिन्छ । तर यसका लागि सडकको वारीपारी छुट्टै साइकिल लेनको व्यवस्था हुनु पर्छ । सरकारले यसमा पहल गर्नु आवश्यक छ ।

(साईकल अभियन्ताहरु, काठमाडौंका तिरेक मानन्धर, हेटौंडाका जीवन शर्मा र ईलामका निपेश नेपालसंग गरेको कुराकानीमा आधारित । सबै तस्बिर सबै उहाँहरुबाटै प्राप्त भएको हो । )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कोरोना संकटमा सघाउन सेभ द चिल्ड्रेनद्वारा सरकारलाई साडे १७ सय पीपीई हस्तान्तरण
Next article कोरोना बेबि–बुम

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131641
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web