• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. ज्ञवालीलाई मानव अंग प्रत्यारोपण केन्द्रको निर्देशकमा नियुक्त गरेकोमा सरकरी चिकित्सकहरुको आपत्ति, निर्णय तत्काल सच्याउन माग

May 10th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. ज्ञवालीलाई मानव अंग प्रत्यारोपण केन्द्रको निर्देशकमा नियुक्त गरेकोमा सरकरी चिकित्सकहरुको आपत्ति, निर्णय तत्काल सच्याउन माग

हेल्थ टुडे,
काठमाडौं, २८ बैसाख : सरकरी चिकित्सकहरुको संख्या सरकारी चिकित्सक संघ (गोदान( ले भक्तपुरस्थित शहिद धर्मभक्त राष्टिय प्रत्यारोपण केन्द्रको निर्देशकमा त्रिवि शिक्षण अस्पतालका मिर्गौला प्रत्यारोपण सर्जन डा.प्रेमराज ज्ञवालीलाई नियुक्त गरिएकोमा आपत्ति जनाएको छ । गोदानले आईतवार विज्ञप्ति जारी गर्दै नेपाल सरकारले मानव अंग प्रत्यारोपण विकास समिति गठन आदेश २०६८ मा स्वास्थ्य सेवाभित्रको चिकित्सक मात्र निर्देशक बन्न पाउने व्यवस्थालाई लत्याउदै कानून विपरित केन्द्रको निर्देशकमा शिक्षा मन्त्रालय मातहत सञ्चालित त्रिवि शिक्षण अस्पतालको चिकित्सक डा.ज्ञवालीलाई नियुक्त गरेको भन्दै आपत्ति जनाएको हो । सिमित सेवा सुविधाकाबीच देशका सबै भागमा हरबखत सरकारी चिकित्सकहरुलाई विगतमा स्वायत्तताका नाममा सरकारी अस्पतालहरुलाई प्रतिष्ठान बनाउँदै गलहत्याईएको र सरकारी स्वास्थ्य प्रतिष्ठानहरुमा उपकुलपति लगायत अन्य पदाधिकारी नियुक्त गर्दा नियम मिचेर सरकारी चिकित्सक ईतरबाट हुने गरेको घटनाबाट सरकारी चिक्तिसकको मनोबल कमजोर बनाउँदै आएको गोदानका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । सरकारले फेरि नियम विपरित मानव अंग प्रत्यारोपण केन्द्रमा स्वास्थ्य सेवा बाहिरका चिकित्सकलाई नियुक्त गरेकोले त्यो निर्णय तत्काल सच्याउन गोदानले माग गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद्ले स्वास्थ्य मन्त्री भानुक्त ढकालको सिफारिसमा मानव अंग प्रत्यारोपण केन्द्रको निर्देशकमा त्रिवि शिक्षण अस्पतालका मिर्गौला प्रत्यारोपण सर्जन डा. ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । त्यो भन्दा पहिले केन्द्रको निर्देशक प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठ थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सूर्तीजन्य पदार्थमा ७५ प्रतिसत कर लगाउन सरकारको ध्यानाकर्षण
Next article क्वारेन्टाइनमै जन्मिए जम्ल्याहा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134433
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

38
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web