• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 1st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. ज्ञवालीलाई मानव अंग प्रत्यारोपण केन्द्रको निर्देशकमा नियुक्त गरेकोमा सरकरी चिकित्सकहरुको आपत्ति, निर्णय तत्काल सच्याउन माग

May 10th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. ज्ञवालीलाई मानव अंग प्रत्यारोपण केन्द्रको निर्देशकमा नियुक्त गरेकोमा सरकरी चिकित्सकहरुको आपत्ति, निर्णय तत्काल सच्याउन माग

हेल्थ टुडे,
काठमाडौं, २८ बैसाख : सरकरी चिकित्सकहरुको संख्या सरकारी चिकित्सक संघ (गोदान( ले भक्तपुरस्थित शहिद धर्मभक्त राष्टिय प्रत्यारोपण केन्द्रको निर्देशकमा त्रिवि शिक्षण अस्पतालका मिर्गौला प्रत्यारोपण सर्जन डा.प्रेमराज ज्ञवालीलाई नियुक्त गरिएकोमा आपत्ति जनाएको छ । गोदानले आईतवार विज्ञप्ति जारी गर्दै नेपाल सरकारले मानव अंग प्रत्यारोपण विकास समिति गठन आदेश २०६८ मा स्वास्थ्य सेवाभित्रको चिकित्सक मात्र निर्देशक बन्न पाउने व्यवस्थालाई लत्याउदै कानून विपरित केन्द्रको निर्देशकमा शिक्षा मन्त्रालय मातहत सञ्चालित त्रिवि शिक्षण अस्पतालको चिकित्सक डा.ज्ञवालीलाई नियुक्त गरेको भन्दै आपत्ति जनाएको हो । सिमित सेवा सुविधाकाबीच देशका सबै भागमा हरबखत सरकारी चिकित्सकहरुलाई विगतमा स्वायत्तताका नाममा सरकारी अस्पतालहरुलाई प्रतिष्ठान बनाउँदै गलहत्याईएको र सरकारी स्वास्थ्य प्रतिष्ठानहरुमा उपकुलपति लगायत अन्य पदाधिकारी नियुक्त गर्दा नियम मिचेर सरकारी चिकित्सक ईतरबाट हुने गरेको घटनाबाट सरकारी चिक्तिसकको मनोबल कमजोर बनाउँदै आएको गोदानका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । सरकारले फेरि नियम विपरित मानव अंग प्रत्यारोपण केन्द्रमा स्वास्थ्य सेवा बाहिरका चिकित्सकलाई नियुक्त गरेकोले त्यो निर्णय तत्काल सच्याउन गोदानले माग गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद्ले स्वास्थ्य मन्त्री भानुक्त ढकालको सिफारिसमा मानव अंग प्रत्यारोपण केन्द्रको निर्देशकमा त्रिवि शिक्षण अस्पतालका मिर्गौला प्रत्यारोपण सर्जन डा. ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । त्यो भन्दा पहिले केन्द्रको निर्देशक प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठ थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article क्वारेन्टाइनमै जन्मिए जम्ल्याहा
Next article सूर्तीजन्य पदार्थमा ७५ प्रतिसत कर लगाउन सरकारको ध्यानाकर्षण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133178
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

33
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

33
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web