• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 1st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ मन्त्रालय तानिए, डा. दीपेन्द्ररमण सिंह भए विभागको महानिर्देशक

June 4th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ मन्त्रालय तानिए, डा. दीपेन्द्ररमण सिंह भए विभागको महानिर्देशक

हेल्थ टुडे,

काठमाडौं, २२ जेठ : कोरोना संक्रमणका बेला स्वास्थ्यजन्य सामग्री खरिदमा बिबादास्पद् ओम्बी ग्रुपसँग मुछिएका स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्दप्रसाद्र श्रेष्ठ मन्त्रालय तानिएका छन् । विभागको महानिर्देशकको जिम्मा डा. दीपेन्द्ररमण सिंहलाई दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरिय निर्णय गर्दै श्रेष्ठलाई विभागको महानिर्देशकबाट हटाएर डा.सिहलाई महानिर्देशक  बनाएका हुन । कोरोना भाइरस रोकथाम र उपचारका लागि प्रयोग हुने स्वास्थ्यजन्य सामग्री खरिद गर्ने बेला गत महिना विवादास्पद् ओम्नी ग्रुपसँग स्वास्थ्य सामग्री खरिद गर्दा अस्वभाविक मूल्य बढाएर मिलेमतो गरेको आरोप महानिर्देशक श्रेष्ठमाथि लागेपछि उनी विवादमा तानिएका थिए । जनस्तरबाट समेत दवाव परेपछि श्रेष्ठले ओम्नीसंगको खरिद सम्झौता रद्द गरेका थिए ।

मन्त्री ढकालले श्रेष्ठलाई मन्त्रालय तानेर डा.सिंहलाई महानिर्देशकको जिम्मा दिएका हुन । श्रेष्ठ गत फागुन ८ गते निमित्त महानिर्देशक भएका थिए । फागुन १२ गते श्रेष्ठ १२ औं तहमा बढुवा भएपछि महानिर्देशक बनेका थिए । स्वास्थ्य सेवा विभागको महानिर्देशक हुन बाह्रौ तहको हुनु पर्ने नियम छ । अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ३ जना बाह्रौ तहका छन् । श्रेष्ठ, डा. सिंहसँगै डा. रोसन पोखरेल बाह्रौ तहका हुन । डा. पोखरेललाई विभागको महानिर्देशकबाट मन्त्रालय तानेर मन्त्री ढकालले श्रेष्ठलाई महानिर्देशक बनाएका थिए । त्यसैगरि व्यवस्थापन महासाखाको निर्देशक भोगेन्द्र डोटेललाई पनि मन्त्रालय तानिएको छ । व्यवस्थापनको जिम्मा डा. रमेश खरेललाई दिइएको छ । खरेल राष्टिय एचआईभी एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक थिए ।

त्यसैगरि प्रसूति गृहका निर्देशक डा. जोगेश्वर गौतमलाई पनि मन्त्रालय तानिएको छ । नव नियुक्त महानिर्देशक डा. सिंह विवादमा नपर्ने हाकिमका रुपमा चिनिन्छन । उनले यस अगाडि महाकाली अञ्चल अस्पतालको मेसु, राष्टिय एचआईभी एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक र मन्त्रालयका अगुगमन महासाखा लगायतका विभिन्न जिम्मेवारी सम्हाली सकेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कोरोना रोकथाम तथा नियन्त्रणमा अहिलेसम्म १० अर्ब खर्च
Next article स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहको पद बहाली

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

Jun 12th 8:41 AM
समाचार

सुर्ती उद्योगको प्रभावमा परेर सुर्तीजन्य पदार्थमा बृद्धि भएन करको दर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131637
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web